भौतिक आँखाले आन्तरिक प्रकाश देख्न सकिँदैन

२०७५ बैशाख ३१ सोमबार ०६:५४:०० मा प्रकाशित

बाहिर संसारमा विभिन्न प्रकारका वस्तुहरु रहेका हुन्छन्, सूर्यको प्रकाश परेपछि ती वस्तुहरु प्रकाशित हुन्छन् । हामी आँखाले ती बाहिरी वस्तुलाई देख्न सक्छौं । घाम लागेका बेला या बाहिर अरु कुनै कारणले उज्यालो भएका बेला आँखा भए हामी ती वस्तुहरु देख्न सक्छौं ।
तर अलिकति गहिरिएर हे¥यौं भने आँखाले मात्रै पनि देखिँदैन । हाम्रो आँखाले देखिराखेको छ तर चेतना या हाम्रो थाहा पाउने क्षमता चाहिँ कतै अन्यत्र गएको छ, अरु कुनै विषयमा रुमल्लिइरहेको छ भने हामी आँखाले देखेर पनि देख्दैनौं । आँखाले ट्वाल्ल हेरेर मात्रै पनि कुनै कुरा देखिन्न । त्यसलाई देख्न होस चाहिन्छ । हामी सजग हुन जरुरी छ । त्यो वस्तुप्रति हामी सजग भयौं भने देख्छौं नत्र देख्दैनौं । यही सजगतलाई नै चेतना भनिन्छ । र, असली प्रकाशचाहिँ यही चेतनाको प्रकाश नै हो । चेतनाको प्रकाश छ भने सूर्यको प्रकाश नभए पनि हामी बोध गर्न सक्छौं, अनुभव गर्न सक्छौं ।
 
 
हामीमा होस छैन भने केही पनि अनुभव गर्न सक्दैनौं । बेहोस भएको व्यक्तिले सूर्यको प्रकाश भएर पनि केही थाहा पाउँदैन । त्यसैले यो होस या चेतना अत्यन्त महत्वपूर्ण छ । चेतनाको प्रकाश जसमा छ उसले मात्रै थाहा पाउँछ । एउटा थाहा पाइने विषयहरु हुन्छन्, अर्को थाहा पाउनेवाला हुन्छ । त्यो थाहा पाउनेवाला चाहिँ पूर्ण प्रकाश हो । जसले थाहा पाउँछ त्यो प्रकाश हो, जसले थाहा पाउँदैन, त्यो अन्धकार हो ।
 
 
 
अब के थाहा पाउने त ? एउटा थाहा पाउने विषयहरु बाहिर छरपष्ट छन् । अनगिन्ति विषयहरु बाहिर छन् । जस्तो– डाक्टरले शरीरको विषयमा थाहा पाउन सक्छ, किनभने उसका लागि शरीरका प्रत्येक अङ्ग प्रकाशित छन् । यसो नाडी छामेरै बिरामीलाई यो रोग लागेको हो भन्ने थाहा पाउँछ । किनभने उसलाई त्यसको ज्ञान भएरै नै थाहा पाएको हो । तर, डाक्टर बाहेक अर्को विधा पढेको मानिसले नाडी छामेर बिरामीको रोग पत्ता लगाउन सक्दैन । किनभने उसलाई त्यसको केही ज्ञान नभएरै पत्ता लगाउन नसकेको हो । त्यस्तै, एउटा इन्जिनियरले अलिकति जमिन हे¥यो भने उसले यहाँ यो आकारमा यस खालको संरचना बनाउन सकिन्छ भनेर परिकल्पना गर्न सक्छ तर अर्को विधाको मान्छेले सक्दैन । यी बाह्य विषयहरु हुन्, जहाँ हाम्रो ध्यान या थाहा पाउने क्षमतालाई लगाउन सक्छौं ।
 
अर्को, आन्तरिक विषयहरु पनि हुन्छन् । हामीसँग विचार छ, मन छ, इच्छाहरु छन्, बुद्धिमता छ । त्यस्तै, हामीसँग भाव छ, सद्गुण–अवगुणहरु छन् । यी आपूmभित्र नदेखिने गरी रहेका तर अनुभव गर्न सकिने विषयहरुमा सूर्यको प्रकाश पर्दैन । र हाम्रो भौतिक आँखाले पनि तिनलाई देख्न सकिँदैन । तर, हामी भित्र रहेका यी आन्तरिक विषयहरुलाई चेतनाको प्रकाशले भने भलिभाँती देख्छ । आन्तरिक विषयहरुमा चेतनाको प्रकाश प¥यो भने ती सबै विषयहरु स्पष्ट हुन्छन् । मसँग यस्ता–यस्ता विचार छन् भनेर अरुलाई देखाउन नसके पनि चेतनाको प्रकाशबाट आपूmले यी विषयहरुको बोध गर्न सकिन्छ ।
 
 व्यक्ति स्वयंको चेतनाले काम गरेपछि आपूmभित्र रहेका विचार, गुण–अवगुण, भाव, बुद्धिमता आदि सबै प्रकाशित हुन्छन् ।
यहाँ व्यक्ति स्वयंको चेतनाले मात्रै काम गर्छ । एउटा व्यक्तिभित्र रहेको गुण, अवगुणहरुलाई उसैको चेतनाले देख्न सक्छ भने अर्को मान्छेभित्र रहेका गुणहरुलाई फेरि सम्बन्धित व्यक्ति स्वयंले मात्र देख्न सक्छ । एउटाको चेतना अर्को व्यक्तिको भित्र प्रवेश गर्दैन । र जसको चेतना प्रकाशित हुन्छ, त्यसैको भित्र रहेका वस्तुहरु प्रकाशित हुन्छन् । यसरी चेतनाको प्रकाश अत्यन्त निजी हुन्छ र कसैको पनि मन, बुद्धि, विवेक, विचार, भावभित्र सूर्यको प्रकाश पर्दैन र सूर्यको प्रकाशले काम गर्दैन ।
 
 
बाह्य चेतना पनि निजी हुन्छ । किनभने कुनै पनि वस्तुलाई तपाईंले फरक हेर्नुहुन्छ र मैले फरक हेर्छु । एउटै वस्तुको रुप, रङ हेराइमा फरक हुन्छ । एउटै वस्तु मैले हेर्दा राम्रो देख्छु, तपाईंलाई मन नपर्न पनि सक्छ । तपाईं र मैले हेर्ने दृष्टिमा फरक भएरै यस्तो हुने गरेको हो । मेरो थाहा पाउने क्षमतामा मेरो भित्रको भाव, विचार मिसिएको हुन्छ भने तपाईंकोमा पनि त्यस्तै हुन्छ । त्यसैले दृष्टिअनुसारको सृष्टि पनि फरक हुने नै भयो ।
 
 
यसरी एउटा बाह्य विषयहरु हुन्छन्, अर्को आन्तरिक विषय पनि हुन्छ । अहिले अधिकांश मानिसहरुलाई बाहिरको कुरा त थाहा छ । बाहिर आँखाले देख्ने विषयचाहिँ थाहा छ तर आँखाले नदेखिने आपूmभित्रैको विषयचहिँ अधिकांशलाई थाहै छैन । न उनीहरुलाई म कति नराम्रो मान्छे हुँ भन्ने थाहा छ । न कति राम्रो मान्छे हुँ भन्ने नै थाहा छ । आपूm राम्रो या नराम्रो अर्काले भनिदिनुपर्छ । आन्तरिक विषयमा अर्काले गरिदिएको टिप्पणीको कुनै अर्थै छैन ।
 
 
त्यसैले अहिले अधिकांश मानिसहरुमा बाहिरका विषयहरुमा चेतना गइराखेको छ । तर अब बिस्तारै त्यो चेतनालाई आन्तरिक विषयहरुमा फर्काउनुपर्छ । बाहिर गएको विषयलाई आपूmतिर फर्काउन थालियो भने आप्mनो मन, बुद्धि, विचार, गुण, अवगुणलाई जान्न थालिन्छ र एकदिन एउटा यस्तो क्षण आउँछ कि तपाईंले जान्नुपर्ने विषयहरु बाह्य हुन् या आन्तरिक हुन् भन्ने प्रस्ट हुन्छ ।
 
 
चेतनालाई पहिले टर्चलाइटजस्तो बनाएर एउटा विषयमा मात्रै लगाइन्थ्यो भने अब त्यही चेतनालाई फर्काएर समग्र विषयलाई एकैपटक बराबर जान्न थालिएपछिको अवस्था या सबै विषयमा एकैपटक चेतना प्रकाशित हुने अवस्थालाई समाधि भनिन्छ । जसको चेतना सबैप्रति समान हुन्छ । यो तेरो, यो मेरो, यो राम्रो, यो नराम्रो, यो ठीक, यो बेठीक, यो सुख, यो दुःख जस्ता सबै विषयमा जसको मन समान हुन्छ, अथवा जसको विचार समान हुन्छ, त्यही अवस्थालाई समाधि भनिन्छ । समाधिको स्थिति धेरै लामो समय नहोला तर जति समय समाधिमा रहिन्छ, तेरो, मेरो, आग्रह, पूर्वाग्रह भन्ने नै रहँदैन । समग्रलाई थाहा पाएर आनन्दमा वशीभूत हुन पुगिन्छ । यही समाधिको स्थितिलाई हाम्रा ऋषिहरुले साक्षी भनेका हुन् ।
 
 
शुरुमा आफ्नो थाहा पाउने क्षमता इच्छामा मिसिएको हुन्छ, त्यसकारण म को हुँ भन्दा इच्छा हुँ कि जस्तो लाग्छ । मन नै मै हुँ कि भने जस्तो लाग्छ । त्यही मन नै म हुँ भनेको कारणले अहंकारलाई हामी आप्mनो स्वरुप ठान्छौं । तर एकदिन जब इच्छाहरुबाट अलग हुने स्थिति या समानताको स्थिति आउँछ, तब साक्षी या समाधि हुन्छ । यस्तो अवस्थामा पुगेपछि राम्रो–नराम्रो भन्ने केही पनि बाँकी रहँदैन ।
 
 
यहाँबाट व्यक्ति पूर्ण बोधमा जान्छ । आप्mनो थाहा पाउने क्षमतामै स्थिर रहन्छ । थाहा पाइने विषयमा नगएर विषयातीत हुन पुग्छ, यो बोधमा जब व्यक्ति स्थिर हुन्छ, त्यस्तो अवस्थामा परम आनन्द प्राप्ति हुन्छ । अहिले हामीलाई त्यो अलौकिक आनन्दमा पुग्न हाम्रा इच्छाहरुले रोकेका छन् । हाम्रा अनियन्त्रित विचारहरुले रोकेका छन् । जब व्यक्ति अनियन्त्रित इच्छा, अनियन्त्रित विचारहरुबाट अलग हुन्छ, तब परम आनन्दमा पुग्छ । उसले जन्म–जन्मको थकाइ मारेको अनुभूति गर्छ । यो थकाइ चाहिँ इच्छाहरुको रहेछ । एउटा इच्छा, अर्को इच्छा, फेरि अर्को इच्छा, अनगिन्ति इच्छाहरु, कति इच्छाहरु पूरा गर्नु रु यी धेरै इच्छाहरु पूरा गर्ने कामले गर्दा हाम्रो थकाइ यस्तो हुन पुगेको छ कि हामी चौबीसै घण्टा सुत्न सकेको छैनौं । सपना र विपनामा पनि हाम्रो चेतना निरन्तर रुमल्लिइराखेको छ ।
 
 
जब हामी विषयहरुबाट मुक्त हुन्छौं, तब शान्ति या सम हुन्छ । बुद्धको शान्तिक्षेत्र, भनेकै यही हो । अब यहाँ पूर्ण शान्ति हुन्छ । यो शान्तिक्षेत्रमा व्यक्ति जब स्थिर हुन्छ, यस्तो प्रकारको आनन्द आउँछ कि त्यो आनन्दमा व्यक्ति पग्लिन्छ, त्यही आनन्दमै डुब्न मन लाग्छ, आपूmलाई सिध्याउन, तिरोहित गर्न मन लाग्छ । जब व्यक्ति यही आनन्दमा डुब्छ, डुब्दाडुब्दै पग्लिन्छ, सिद्धिन्छ, आपूm पूरै मेटिन्छ, यसैलाई शरणागति भनिन्छ । यसैलाई समर्पण पनि भनिन्छ । यो शरणागति कसप्रति त भने आनन्दप्रति हुन्छ । त्यो आनन्दमा जति आपूm सिद्धिदै गयो, पग्लिँदै गयो, जति आप्mनो अहंकार तिरोहित हुँदै गयो, त्यति बढी आनन्द आउँछ । जति बढी आनन्द बढ्दै गयो त्यति बढी आप्mनो अहंकार सिद्धिदै जान्छ । त्यतिबेला ‘म भनेको त अहंकार पो रहेछु’ भन्ने बोध हुन्छ । मैले जसलाई ‘म’ भनेर बसेको थिएँ, त्यो अहं रहेछु भन्ने ज्ञान हुन्छ । म ‘म’ हैन रहेछु । यसपछि अब म को हुँ त भन्ने प्रश्न आउँछ । तर म को हुँ पत्ता लाग्दैन । म बिल्कुल बलिरहन्छु, भित्रबाट सिद्धिरहन्छु, त्यो थाहा हुन्छ र त्यो आनन्दमा डुब्दाडुब्दै एउटा त्यस्तो क्षण आउँछ कि म पूरै सक्किएँ ।
 
 
यसरी पहिला विषयमा रुमल्लिएको म, पछि विषयातीत अवस्थाको म, त्यो विषयातीत अवस्थाको म पनि मरेर सक्किएँ, पूरै मेरो अस्मिता पनि सकियो । मेरो अस्मिता पनि रहेन । सबै कुरा समाप्त भयो । त्यसपछि ‘म’ को जन्म हुन्छ । जुन विराटताको जन्म हुन्छ, आपूm एउटा सानो तत्व, सानो चेतना, चेतनाको सानो थोपा, चेतनाको महासागरमा विलय भएको वा आफू स्वयं चेतनाको सागर बनेको, चेतनाको महासागर बनेको अनुभव हुन्छ । चेतनाको विराट प्रकाश म आपैंm बनेँ भन्ने अनुभूति हुन्छ । यसैलाई प्रकाश प्राप्ति भनिएको हो । प्रकाश दिवस भनिएको हो । जुन क्षण आपूm त्यो परम प्रकाशमा, परम चेतनामा, त्यो विराट चेतनाको सागरमा मेरो सानू चेतना समाहित भयो अथवा म जे थिएँ, सिद्धिएँ, सिद्धिएपछि सागर भएर अर्को नयाँ म जन्मिएँ भन्ने बोध हुन्छ । त्यही नयाँ जन्मलाई, नयाँ जन्म भएको दिनलाई, नयाँ चेतना उदय भएको दिनलाई नै दिवसका रुपमा मनाइन्छ । यो अत्यन्तै प्यारो हुन्छ । पहिले कामना, वासनाको व्यक्ति थियो, पछि गएर शुद्ध चैतन्य व्यक्ति जन्मियो, त्यो चेतनाको महासागरको अनुभूतिलाई सम्बोधि वा प्रकाश दिवसका रुपमा लिने गरिन्छ ।
 
प्रकाश प्राप्तिपछि मनको संसारमा त आउनै छ तर आएपछि पनि त्यो सम्बोधि यथावत् रहन्छ । कि थाहा पाएपछि त पायो पायो । कुनै व्यक्तिलाई शुरुमा ‘क’ भन्ने अक्षर चिनाउन गाह्रो हुन्छ । चिनिसकेपछि उसलाई बिर्साइदिन कसैले सक्दैन । त्यसैगरी यो परम ज्ञान घटित भइसकेपछि भयो भयो । बाहिर आएपछि पनि, मनको संसारमा आएपछि पनि उसको आप्mनो चेतनाको सागर यथावत् रहन्छ र कुनै पनि क्षण प्रकाश प्राप्त गरेको व्यक्ति त्यही महासागरमा समाहित भइरहन सक्छ ।
 
(जीवन विज्ञान प्रतिष्ठानका संस्थापक तथा जीवन विकास विशेषज्ञ रमेश नेपालसँग गरिएको अध्यात्म संवादको पुनर्प्रकाशन)  

ताजा खबर