यसरी हुनेछ सूर्यको अवसान 

२०७५ बैशाख २९ शनिबार १०:५४:०० मा प्रकाशित

हाम्रो सम्पूर्ण दुनियाँ सूर्यको वरिपरि नै घुम्छ । सूर्याेदयसँगै सुरु हुने दिन सूर्य अस्तायसँगै सकिन्छ । यदी कुनै दिन सूर्य सधैका लागि अवसान भयो भने के होला ? यदी सूर्यको मृत्यु भयो भने सम्पूर्ण दुनियाको अन्त्य होला ? 
ताराहरु नष्ट भएको बारेमा बेला बेलामा सुनिन्छ तर के सौर्य मण्डलको केन्द्र मानिने तारा अर्थात सूर्यको पनि एक दिन अन्त्य होला ? वैज्ञानिकहरुको विश्वास गर्ने हो भने आगामी पाँच अर्ब वर्षमा सुर्यको अवसान हुन्छ । अहिलेसम्म सुर्यको अवसान पछि के हुन्छ भन्ने बारेमा वैज्ञानिकहरु प्नि अनविज्ञ देखिन्छन् ।  
बेलायतको म्यानचेस्टर विश्वविद्यालका खगोलविदहरुको एक अन्तर्राष्ट्रिय टिमले नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सूर्यको अवसानका बेला हुने परिवर्तनका बारेमा भविष्यावाणी गरेका छन् ।  खगोलविदहरुका अनुसार जब सूर्यको मृत्यु अर्थात अवसान हुनेछ, त्यतिबेला सूर्य चम्किलो ग्यास र धूलोमा परिणत हुनेछ ।  यो प्रक्रियालाई प्लेनेटरी नेबुला भनिन्छ ।
 यो प्रक्रियाले जीवित तारामा ९० प्रतिशतसम्म परिवर्तन गरिदिन्छ । त्यतिबेला ठूलो र रातो रङको सूर्य एएटा सानो सेतो गोलो जस्तै हुनेछ । नेचर एस्ट्रोनमि नामक अध्ययनका एक लेखक एल्बर्ट जिज्लस्टाका अनुसार जब ताराको मृत्यु हुन्छ त्यसबाट निकै ठूलो परिणाममा ग्यास र धुलो निस्कने गर्छ । जसलाई एनवल्प भनिन्छ ।
यो धुलो र ग्यास सूर्यको कुल दव्यमानको आधा भागमा पुग्ने र यसले ताराहरुको न्युक्लियसमा पनि असर पार्ने वैज्ञानिकहरुको दाबी छ । जब न्यूक्लियस ताराको सम्पर्कमा आउँछ विस्तारै त्यो पनि अवसानतर्फ अघि बढ्छ । वैज्ञानिकका अनुसार यस्तो त्यतिबेला हुन्छ जब ताराको भित्री भागमा हुने तातोपनका कारण त्यसबाट निस्कने ग्यास र धुलो दश हजार वर्षसम्म तम्किरहन्छ । 
खगोल विज्ञानमा यो निकै सानो अवधि हो । यसले गर्दा प्लेनिटरी नेबुवा देखापर्छ । कुनै नेबुला त यति धेरै चम्किलो हुन्छ, जसलाई लाखाँै प्रकाश वर्षको दुरीबाट पनि देख्न सकिन्छ । म्यानचेस्टर विश्वविद्यालयका एल्बर्टले भने, हामीले करोडौँ वर्ष पुराना ताराको उपस्थितिका बारेमा मात्र होइन सूर्यको अवसान हुँदा कस्तो प्रतिक्रिया जनाउँछ भन्ने पनि लगायौँ । 
अध्ययन पुरा हुनुभन्दा पहिलेसम्म अध्ययनकर्तालाई सूर्यको अवसान कसरी हुन्छ भन्ने बारेमा जानकारी थिएन । यसका लागि वैज्ञानिकहरुले एउटा नयाँ डाटा मोडलको विकास गरेका छन् । यसले फरक फरक तौल र उमेरका ताराबाट निस्कने चमककको भविष्यवाणी गर्छ । उक्त मोडलले संकलन भएका डाटा र पूर्वानुमानित वैज्ञानिक मोडलका विचको अन्तरविरोधमा उज्यालो छर्ने काम गर्छ । 
अब यो कुरा पत्ता लागिसकेको छ कि ताराको मृत्युका बेला जब त्यसबाट ग्या र धुलो निस्कन्छ, त्यतिबेला त्यो पहिले भन्दा तीन गुणा बढी तातो हुन्छ । यही कारणले सूर्य जस्तो कम तौल भएको तारा पनि चमकिलो प्लेनेटरी नेबुला बन्छ । वैज्ञानिकहरुका अनुसार सूर्य कम तौल भएको तारा हो । बीबीसीको सहयोगमा ।
 

ताजा खबर