गायक सुगम किन पुगे अमेरिका

२०७५ बैशाख २८ शुक्रबार १५:०५:०० मा प्रकाशित

काठमाडौं । युवा स्रोतावीच निकै रुचाईएका गायक सुगम पोखरेल लामो बसाईका लागि अमेरिका पुगेका छन् । उनी करिब दुई महिना त्यहाँ बस्दा विभिन्न सांगीतिक कार्यक्रममा सहभागी हुने थाहा भएको छ।  

गायक सुगम युएस यात्रा २०१८ नामक कार्यक्रमको लागि त्यता गएका हुन्। उनले   लामो समयपछि आफू फेरि अमेरिकामा सांगीतिक कार्यक्रम प्रस्तुत गर्न आएको बताएका छन्।  

आफूले मेरा प्रशंसक र दर्शकलाई भरपुर मनोरन्जन प्रदान गर्ने सुगमले वताएका छन्।  

मेरो संसार नामक गीतबाट दुई दशक अगाडी सांगीतिक दुनियाँमा प्रवेश गरेका सुगम मे र जुन महिना अमेरिका यात्रामा रहने थाहा भएको छ। अमेरिकाका विभिन्न २५ राज्यहरुमा उनको कार्यक्रम आयोजना हुने आयोजकले जनाएका छन् ।

अमेरिकामा सुगमको कार्यक्रम फ्युजन इन्टरनेसनलले नेपसिने तथा प्लानेट ३ फिल्मस्को सहयोगमा आयोजन गरेको हो।  

 
 

ताजा खबर