सगरमाथामा डिनर सर्भ गर्दै विश्व रेकर्ड बनाउने प्रयास

२०७५ बैशाख २७ बिहीबार १६:४७:०० मा प्रकाशित

सरल संवाददाता

काठमाडौं, २७ वैशाख । समुद्री सतहभन्दा ११ हजार ६ सय फिटको उचाइमा अस्थायी रेष्टुरेन्ट मार्फत् खाना सर्भ गरेर विश्व किर्तिमानको प्रयास हुने भएको छ ।

त्रियागयोनी नामक यस परियोजनाको लागि चार जना सेफहरुको समुहले १० जना पाहुनालाई हालसम्मकै उच्च स्थान सगरमाथा बेसक्याम्पमा पप–अप रेष्टुरेन्ट मार्फत् खाना सर्भ गरि विश्व किर्तिमान राख्ने प्रयास गर्ने भएका हुन् ।

यस परियोजनामा सम्बद्ध चार मध्येका एक भारतीय सेफ संजय ठाकुरका अनुसार उचाइले गर्दा केहि अप्ठ्यारो हुने भएपनि यस अविस्मरणीय कार्यक्रमका लागि अद्भुत खानाहरु भएको मेनु बनाउने र यसमा प्रयोग हुने स्थानीय मसलाहरुले त्यसलाई उत्तम बनाउने छ ।

फाइन डाइनिङ लभर्सका अनुसार ठाकुरको टोलीले उक्त कार्यक्रममा सचेतना सम्बन्धी काम पनि गर्ने जनाएको छ । थोरै सजावटको सामग्रीको प्रयोग गरिने र कार्यक्रमको समाप्ती पछि त्यहाँ कुनै फोहोर बाँकि नहुने बताइएको छ ।

उच्च वायु प्रवाह हुने हुनाले कार्यक्रम टेन्ट भित्र गरिने तथा सो कार्यक्रममा भाग लिन ५ हजार ६ सय अमेरिकी डलर प्रतिव्यक्ति लाग्ने जनाएको छ । यस कार्यक्रमबाट उठेको धनराशी स्थानीय च्यारिटीलाई दिने बताइएको छ ।  

 

 

ताजा खबर