दरवार ढलेको कथा 

२०७५ बैशाख २७ बिहीबार १५:०६:०० मा प्रकाशित

दरवार ढलेको कथा 
किन सुनाउँछ्यौ ठुली 
दरवार ढलेपनि तरवार ढलेको छैन 
जातको तरवार ठुली जातको तरवार ।

दरवार ढलेको कथा 
किन सुनाउँछ्यौ ठुली,

एउटा दरवार ढलेर के भो 
न तिम्रो घरवार फेरियो
न मेरो घरवार फेरियो 
फेरियो त नयाँ वादशाहको पुरानो लुगामात्र ।

दरवार ढलेको कथा 
किन सुनाउछ्यौ ठुली,

नयाँ दरवारका सुसेलीले 
मेरो स्वतन्त्रता धरापमा पर्दैछ 
भो अव ईतिहासका कुरा धेरै नगर 
परिवर्तनको सपना बाँड्ने 
चटकेहरूको पटके बाचाको भर नपर 
आफ्नै खुट्टामा उभिएर बाँच्नेहरूको 
आशावादी कथा सुनाउ ठुली !

दरवार ढलेको कथा किन सुनाउँछ्यौ ठुली !

२७ वैशाख २०७५ 
वनस्थली, काठमाण्डौ ।

ताजा खबर