नेपाल स्काउटको तेस्रो ज्याम्बोरी हुँदै

२०७५ बैशाख २६ बुधबार १७:१३:०० मा प्रकाशित

काठमाडौं । राष्ट्रिय गौरवको रुपमा जेठ १५ देखि २१ गतेसम्म नेपाल स्काउटको तेस्रो ज्याम्बोरी हुँदैछ । स्वदेशी तथा विदेशी गरी पांच हजार भन्दा वढी स्काउट्सहरुको सहभागिताका साथ सम्पन्न हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर बिश्वकर्मा र युवा मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले ज्याम्बोरी स्थालगत निरिक्षण भ्रमण गरेका    छन् । सो अवसरमा ज्याम्बोरी तयारी र आवश्यक पर्ने स्रोत साधनबारे छलफल गरियो । मन्त्री विश्वकर्माले भने– यदि सही र राष्ट्रहितको कुनै गृहयोजना आएमा ज्याम्बोरी स्थलमा थप लगानी गर्न मन्त्रालय इच्छुक छ । स्काउटले विशुद्ध उद्धेश्य र मर्म अनूरुप चल्न जरुरी रहेको कुरामा मन्त्री विश्वकर्मँले जोड दिएका छन् ।

ककनीमा आयोजना हुन गइरहेको ज्याम्बोरीमा स्वदेश र विदेशी युवाको सहभागितामा हुने उक्त कार्यक्रमले राष्ट्रिय तथा अन्तराष्ट्रिय शैक्षिक क्षेत्रमा भएका मुल्य र मान्यताहरुलाई आत्मासाथ गर्दै शैक्षिक क्षेत्रलाई विकसित र परिस्कृत बनाउनको निम्ती मुख्य भूमिका रहने बताइएको छ । युवा शक्ति नै देशको मेरुदण्ड रहेकाले युवामा शैक्षिक क्षेत्रलाई व्यापक सुधार ल्याएमा देश आर्थिक, सामाजिक, सास्कृतिक विकास भई देशले आर्थिक, समृद्धि तथा सामाजिक रुपान्तरण हुने वताउदै सो कार्यक्रम संचालन गर्न लागिएको नेपाल स्काउट तदर्थ समिति संयोजक चन्दन कौशिकले बताएका छन् ।

ज्याम्बोरी अन्तराष्ट्रिय स्तरमै स्काउटको सबैभन्दा ठूलो भेला रहेको र यसमा बालबालिका,  युवा तथा बृद्धबृद्धा स्काउट्सहरु सहभागी हुने संयोजक कौशिकले बताएका छन् । ज्याम्बोरी राष्ट्रकै गौरव भएको बताउंदै संयोजक कौशिक भन्छन्– ‘विश्व भातृत्व–भगिनीको नाराले विश्वभर स्काउट सञ्चालित छ । ज्याम्बोरीले ब्यक्तित्व विकाश, भातृत्व प्रगाढ पार्नुको साथै जीवनयापन कला, जीवनमा आइपर्न सक्ने कठिनाइ र त्यसस“ग जुध्न र हल गर्न सिकाउंछ । ज्याम्बोरीमा हुने क्याम्प लाइफले लाइफ–सरभाइभल–स्किल सिकाउनुका साथै सोसल हार्मोनीमा ठूलो भूमिका खेल्दछ ।’

नेपालमा पहिलो ज्याम्बोरी बि.सं. २०४३ सालमा, दोश्रो बि.सं.२०७२ मा भएको थियो भने अब हुन गइरहेको ज्याबोरी तेस्रो हो । बिगतमा प्रौढको नेतृत्वमा रहेको नेपाल स्काउट इतिहासमै चन्दन कौशिक संयोजक बनेपछि युवा नेतृत्वले स्थान पाएको हो । बिगतको तुलनामा उनको आगमन पछि तिब्ररुपमा कार्यगति अगाडी बढिरहेको र राष्ट्र निर्माण तथा विकाशमा युवा सहभागीमा बृद्धि आइरहेको छ ।

मुलुकका ७७ जिल्लामा रहेको नेपाल स्काउट अनुशासनको पर्याय हो । नेपाल स्काउटले युवा नेतृत्व प्राप्त गरेसंगै उसको काम–कार्यले दु्रत गति लिइरहेको छ । स्काउट विशुद्ध गैर(राजनैतिक, सामाजिक उद्देश्य बोकी शैक्षिक अभियानको अभियान्ताको रुपमा लिने गरिन्छ । विश्वको इतिहास तथा कार्यलाई हेर्ने हो भने पनि स्काउट सामाजिक कार्यको एक नुमना संस्थाको रुपमा लिईन्छ । विश्वभर वालवालिकाको क्षेत्रमा कार्य गर्ने एक मुख्य संस्थाको रुपमा स्काउट रहेको छ । यो संस्थाले वालवालिकालाई आफ्नो परिवारको सदस्यको रुपमा रहि कार्य गर्ने गर्दछ जसबाट वालवालिकाले औपचारिक तथा अनौपचारिक रुपमा शिक्षा प्राप्त गर्ने गर्दछन् । विश्वमा वालवालिकाको शैक्षिक आन्दोलनको अगुवाका रहेको यो संस्थाले वालवालिकाको हक, हित, अधिकार जस्ता कुराहरुलाई व्यवहारिक रुपमा प्रयोगमा ल्याउने कार्य गर्दै आएको छ ।

आपसी सहयोग, सद्भावको विकास गरी सामाजिक सामान्जस्यता कायम गर्नु र गराउनु एक प्रमुख उद्देश्य बोकी सामाजिक सेवामा समर्पित रही निरन्तर, निडर, निपक्ष रुपमा संचालन भएको छ । नेपालमा स्काउट सन् १९५२ मा स्थापना भई हालसम्म निरन्तर रुपमा देशका ७७ वटै जिल्लामा आफ्नो कार्य सञ्चालन गरिरहेको छ ।

अनुशासनलाई प्रमुखतामा राख्दै जिल्ला जिल्ला, गाउँ गाउँमा रहेका विद्यालय गई त्यहाँको वास्तविक सत्य तथ्य कुराहरु पत्ता लगाई खोजमुलक रुपमा अघि वढी त्यहाँ भएका वालवालिका, युवा तथा पौढहरुको विभिन्न किसिमका राम्रो तथा नराम्रो (वास्तविक) कुराहरुको अध्ययन तथा अनुसन्धान गरी त्यसमा सहयोगी भावनाहरुको विकास गर्ने गरेको छ । यसले नेपालको सन्दर्भलाई हेर्ने दृष्टिकोण फरक ढंगले प्रस्तुत गरेको छ, जसमा १४ वर्षदेखि माथिका मानिसलाई यसमा समेट्ने गरेको छ ।

नेपालमा स्काउटको मिशन अनुसार नेपालमा युवाहरुलाई आफ्नो भौतिक, बौद्धिक, सामाजिक, आध्यात्मीक र भावनात्मक विकासलाई आत्मासाथ गर्दै शैक्षिक उन्नती तथा प्रगतिमा जोड दिदै भविष्यमा ती व्यक्तिहरु समाजको जिम्मेवार नागरिकको रुपमा सुपरिचित हुन भन्ने रहेको छ । 
 

ताजा खबर