धनका गरीब स्वरका धनी छन् नितेश

२०७५ बैशाख २६ बुधबार ०९:३३:०० मा प्रकाशित


उर्लाबारी, २६ वैशाख । मोरङ मिक्लाजुङ २ शाखारेका नितेश राईको लक्ष्य सफल गायक बन्ने रहेको छ । १५ वर्षिय उनी स्थानीय विद्यालयमा १० कक्षामा पढ्दैछन् । कमजोर आर्थिक अवस्था भएका राईको स्वर भने कर्णप्रिय छ ।

चर्चित गायकहरुको जस्तोसुकै गीतहरु पनि सहजै गाउनसक्नु उनको खुबी हो । अरुण थापाको आँखाको निन्द चोरी लाने, शिव परियारको पिउँदिन भन्दाभन्दै पिलायो साथीले, हेमन्त राणाको सुन साईली जस्ता गीतहरु मिठासपूर्ण तरिकारले गाउँने गर्छन् उनी।

सानैदेखि स्कुल अनि घर गाउँमा गीत गाउँदै आएको भएपनि नितेशको प्रतिभाको अझैसम्म कदर हुन सकेको छैन। स्कुलमा गीत गाउने क्रममा उनले धेरै पटक प्रथम स्थान हासिल गरेका छन् । आफ्नो प्रतिभालाई आफ्नो गाउँमा मात्रै नभएर देश अनि बिदेशमा रहेका नेपालीहरु माझ पुर्याउनु चाहन्छ्न नितेश। आफ्नै गीत रेकर्ड गराउने उनको ठूलो इच्छा छ । परिवारको साथ, सहयोग राम्रै भएपनि आर्थिक अवस्था कमजोर भएका कारण समस्या भएको उनले बताए ।

नितेशको गीत सुन्ने प्रायः जोकोही पनि उनको स्वरमा आनन्द लिने गर्दछन् । संगीत सिकेर यस क्षेत्रमा केहि गर्ने लक्ष्य रहेको भएपनि आर्थिक अवस्थाले पछि पर्दै गएको उनको गुनासो छ ।

नितेशको मनपर्ने गायक र प्रेरणाको स्रोत चर्चित गायक प्रमोद खरेल हुन् । खरेलको ‘म बिना कसै कसैलाई मुस्किल छ पोखरामा’ गीत दुरुस्त गाउँछन् ।  तस्बिर:किशोर श्रेष्ठ/सरल पत्रिका 

ताजा खबर