यौन हिंसामा मुछिएका नोबेल सहित्य पुरस्कार समितिका चारसदस्य बिदा  बसे

२०७५ बैशाख २४ सोमबार २१:२४:०० मा प्रकाशित

स्टकहोम । नोबेल साहित्य पुरस्कार प्रदान गर्ने स्विडेनी एकेडेमीले आफ्ना चार जना सदस्यलाई बिदा बस्न अनुमति दिएको छ । 

परम्परागत रुपमा स्थायी सदस्यमा नियुक्त भएका चार जना सदस्यलाई यौनिक हिंसा प्रकरणमा मुछिएपछि पुरस्कार समितिको सदस्यका रूपमा विदामा रहन सोममार एकेडेमीले अनुमति दिएको हो । 

नोबेल समितिले यस बर्षको साहित्य तर्फको पुरस्कार कसैलाई पनि नदिने निर्णय गरेको समाचार केहीदिन अगाडि सार्वजनिक भएको थियो । 

स्विडेनको दैनिक पत्रिका डागेन्स निहेटरले गत नोभेम्बरदेखि एकेडेमीका प्रभावशाली व्यक्तिहरूले विभिन्न १८ महिलालाई बलात्कार गरेको, यौनदुव्यवहार गरेको वा सताएको समाचारलाई अभियानकै रुपमा पछ्याउदै लगेको थियो । त्यही समाचारको प्रभावका कारण अहिले उनीहरूलाई बिदा बस्न दिइएको होे । 

“लोट्टा लोटस, क्लास ओस्टेग्रेन र सारा स्ट्रीगवर्गलाई तत्काल स्विडेन एकेडेमीबाट विदा बस्न अनुमति दिइएको छ,” एकेडेमीद्वारा प्रकाशित वक्तव्यमा भनिएको छ । लोटस सन् २०१५ देखि निश्क्रिय थिए। 

त्यसैगरी चौथो सदस्य केस्टिन इक्मानलाई पनि विदा बस्न अनुमति दिइएको छ । उनी सन् १९८९ देखि निश्क्रिय हुनुहुन्थ्यो भने उनलाई बेलायती लेखक सल्मान रुसडीका विरुद्धमा दुव्र्यबहार गरेको आरोप लागेको थियो । तर उनले त्यो आरोपको खण्डन गर्दै आएका थिए। घटना भएको झण्डै २७ बर्षपछि मात्रै एकेडेमीले यस बारेमा चासो दिएको छ । 

प्राविधिक रुपमा एकेडेमीका सदस्यहरु आजीवन सदस्यका रुपमा नियुक्त हुन्छन्, तर उनीहरूले चाहेको बेलामा मात्रै उनीहरूले पद त्याग गर्न सक्ने व्यवस्था रहेको छ । 

एकेडेमीमा अहिले तत्काल दश जना सक्रिय सदस्यको कमी भएको छ भने १२ जना नयाँ सदस्य निर्वाचित गर्नु पर्ने भएको छ । एकेडेमीले सन् २०१९ मा दुई वटै पुरस्कारको घोषणा गर्न सक्नेछ । रासस/एएफपी

ताजा खबर