अमेरिकी टि.भि. सो अब नेपालमा

२०७५ बैशाख १९ बुधबार १६:२७:०० मा प्रकाशित

सरल संवाददाता
काठमाडौं, १९ वैशाख । नृत्य मन पराउने नेपालीहरुको लागि बिबिएस स्टुडियोले बिबिसी ढाँचाको ‘डान्सिङ विथ द स्टार इन नेपाल’ नामक सो ल्याउने भएको छ । एएनसी प्रा.लि.ले स्थानीय प्रोडक्सन हाउससँग सम्झौता हालसालै सम्झौता गरेकोले यो पपुलर सो नेपाल आउने पक्का भएको हो ।

मंसीर महिना तिर टेलिभिजनमा हेर्न पाइने यो सो कुल २६ इपिसोडको हुनेछ । ‘डान्सिङ विथ द स्टार’ अमेरिकन डान्स कार्यक्रम विश्वमै चर्चित रियालिटि सो हो । यो विश्वको ५७ देशमा प्रसारित हुने गरेको छ ।

दक्षिण र दक्षिण पूर्वी एसिया क्षेत्रकी वरिष्ठ उपाध्यक्ष तथा महा व्यवस्थापक मिलिता आगा यस कार्यक्रम नेपाल आएकोमा खुशी व्यक्त गर्दै भन्छिन्, ‘हामी नयाँ सहयात्रीसँग काम गर्न उत्सुक छौं । हामीलाई विश्वास छ नेपालीहरुले यो कार्यक्रम मन पराउँछन् ।’

यो सो को फ्रान्चाइज एसियाको ८ देश थाइल्याण्ड, भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स, जापान, दक्षिण कोरिया र भियतनाम मा वितरण भइसकेको छ ।

नेपालमा पनि हाल यस्तो डान्सीङ रियालिटि सो हरु दिनदिनै लोकप्रिय हुँदै गइरहेकोले ‘डान्सिङ विथ द स्टार’ जस्तो विश्वस्तरीय कार्यक्रम आउनाले नृत्य क्षेत्रमा राम्रो प्रोत्साहन हुने विश्वास रहेको बताइएको छ ।

 

ताजा खबर