‘रिटिङ रिटिङ नबजाउ बिनायो' गीतका गायक जोशीलाई एक लाख राशिको सम्मान

२०७५ बैशाख १९ बुधबार १५:३२:०० मा प्रकाशित

दमक, १९ वैशाख । वरिष्ठ लोकगायक लक्ष्मीप्रसाद जोशी ९एलपी० यहाँ सम्मानित भएका छन्। लोक संस्कृतिका क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत जोशीलाई एक लाख राशिको नगर प्रमुख सम्मान प्रदान गरिएको हो । 

दमक–१ मा स्थायी बसोबास गरी आएका जोशी छ दशकभन्दा बढीदेखि गीत संगीत, कलाकारिताका क्षेत्रमा क्रियाशील छन्। उनका ‘रिटिङ रिटिङ नबजाउ बिनायो, वल्लो खोलो पल्लो खोलो’ जस्ता कयौँ गीत चर्चित छन् । 

दमक नगरपालिकाले आज यहाँ एक कार्यक्रम सो सम्मान प्रदान गरेको हो । सो सम्मान प्रधानमन्त्री केपी शर्मा ओलीले जोशीलाई हस्तान्तरण गरेका हुन्। त्यस अवसरमा प्रम ओलीले लोकगीत, संस्कृतिका अग्रजहरु राष्ट्रका सम्पत्ति भएकाले त्यस्ता प्रतिभालाई हरेक क्षेत्रले प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए। 

सम्मान कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले कला संस्कृतिको सम्वृद्धिमा प्रदेश सरकारले पनि सहयोग गर्ने बताए। रासस

ताजा खबर