हेन्डराइटिङ साइकोलोजी बुझ्ने तरिका,गोङ्गोबुकी संजिना श्रेष्ठ प्रथम

२०७४ असार २३ शुक्रबार ०६:३६:०० मा प्रकाशित

काठमाडौँ, , २३ असार । प्रथम राष्ट्रिय अक्षर लेखन प्रतियोगिताको सिनियरतर्फ कान्तिपुर स्कूल गोङ्गोबुकी संजिना श्रेष्ठ प्रथम भएकी छिन् । 

वालबिकास एन्सीमासले आयोजना गरेको उक्त प्रतियोगितामा अद्धितिय स्कुल बनस्थलीकी रिया धिताल दोस्रो र बिद्या बिकास बोर्डिङ स्कुल लमजुङकी कृष्टिना घिमिरे तेस्रो भएकी छिन् । 

प्रतियोगिताको जुनियरतर्फ गोल्डेन फ्युचर एकेडेमीका साजन मजाकोटी पहिलो, नोभेल एकेडेमी भक्तपुरका स्पर्श काफ्ले दोस्रो र वालज्योति स्कुल लमजुङकी ग्रीस्मा दवाडी तेस्रो भएकी छिन् । 

सिनियर र जुनियरतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश ५० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा देशभरबाट बिद्यालय तहका १० हजार बिद्यार्थी सहभागि थिए । 

नेपालमा अक्षर लेखन शैलीको स्तर बृद्धिको प्रयास स्वरुप बाल बिकास एन्सीमासले करिव १ बर्ष लगाएर भरखरै अक्षर लेखन प्रतियोगिता सम्पन्न गरेको हो । 

बिद्यार्थीलाई आकर्षक अक्षर लेख्न प्रेरणा दिन, लेखन शैली अन्तर्राष्ट्रिय स्तरको बनाउन र अक्षरमा एकरुपता ल्याउने उद्देश्यले अक्षर लेखन प्रतियोगिता आयोजना गरेको आयोजकले जनाएको छ । 

एन्सीमासले बिगत १३ बर्षदेखि अवाकसको सहयोगमा बालबालिकाको स्मरण शक्ति अभिवृद्धिमा सहयोग पु¥याउने बिभिन्न कार्यक्रम गर्दै आएको   छ । देशभरका करिव एक लाख बिद्यार्थी अक्षर सुधार कार्यक्रमबाट लाभान्बित भएका छन् । एन्सीमासले अक्षर मनोबिज्ञान हेन्डराइटिङ साइकोलोजीको क्षेत्रमा पनि काम गर्दै आएको छ । अक्षर मनोबिज्ञान भनेको अक्षर लेख्ने व्यक्तिको मनोबिज्ञान पढ्नु हो । रासस 

ताजा खबर