/mqdefault.jpg" /> /mqdefault.jpg" /> अशोकलाई आफ्नै स्वरले साथदियो निःशुल्क पढ्न

अशोकलाई आफ्नै स्वरले साथदियो निःशुल्क पढ्न

२०७५ बैशाख १८ मंगलबार १०:४३:०० मा प्रकाशित
">

उर्लाबारी, १८ वैशाख ।  पछिल्लो समय युटुव तथा सामाजिक संजालहरुमा भाइरल बनिरहेका झापा दमकका अशोक दर्जिलाई निःशुल्क १० कक्षासम्म पढाउने लिखित सहमति भएको छ।

उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले अशोकलाई आवास सुविधासहित १० कक्षासम्म निःशुल्क पढ्ने व्यवस्था मिलाएको हो । सोमबार उर्लाबारीका समाजसेवी पूर्ण वाइवा,विवेक हिङमाङ लगायत स्थानीयहरुको उपस्थितिमा अशोकका बुबा पूर्ण दर्जी, आमा ललिता दर्जी र विद्यालयका संचालक दिपक न्यौपानेबीच यस्तो सहमती भएको हो ।

अशोकलाई चाहिने सम्पूर्ण शैक्षिक सामग्री पनि स्कुलले नै उपलब्ध गराउने पनि सहमति भएको हो । यसैगरी अशोकसँगै उनका दुई जना बहिनीहरुलाई पनि १० कक्षासम्म पढ्ने वातावरण स्कुलले मिलाउने सहमती भएको छ । बहिनीहरुलाई भने झापामा नै रहेको विद्यालयमा पढाउने सहमती भएको बेथेल एजुकेशन एकेडेमीका अध्यक्ष दिपक न्यौपानेले जानकारी गराएका छन् ।

आर्थिक अवस्था नाजुक भएका कारण नै अशोक र उनका बहिनीहरु स्कुल जान सकेका थिएनन् । उनीहरुलाई स्कुल लगाउने कार्यमा पत्रकार किशोर श्रेष्ठ, विवेक हिङमाङ, ममता राना, पूर्ण वाइवा लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासले गाउँछन् ।  

 

ताजा खबर