मनिषा कोइराला भारतमा सम्मानित

२०७५ बैशाख १७ सोमबार १७:०७:०० मा प्रकाशित


काठमाडौं, १७ वैशाख । नायिका मनिषा कोइराला भारतमा आयोजित दादा साहेब फाल्के फिल्म फाउन्डेसनद्वारा आयोजित सम्मान कार्यक्रममा ‘भारतीय फिल्मकी मस्ट भर्सटाइल नायिका’ अवार्डबाट सम्मानित भएकि छिन् ।

सन् १९९४ देखि बलिउड फिल्ममा लागेकि मनिषाले भारतीय फिल्म क्षेत्रप्रति गरेको योगदानको कदर गर्दै यो सम्मान दिइएको बताइएको छ ।
मुम्बईमा आयोजित कार्यक्रममा अवार्ड पाएपछि मनिषाले भनिन्, ‘मलाई एकदम राम्रो लागिराखेको छ । म आज यहाँ भएकोमा अति नै सम्मानित महसुस गर्दै छु ।’  

मनिषाले १९४२ः अ लभ स्टोरी नामक चलचित्रबाट बलिउड करियरको सुरुवात गरेकी थिइन । उनको अकेले हम अकेले तुम, दिल से, मन जस्ता सफल चलचित्रबाट भारतीय चलचित्र क्षेत्रमा गहिरो छाप छोड्न सफल भएकि हुन् । उनले विगतमा पनि दर्जनौं चलचित्र अवार्डहरु जितिसकेकी छिन् । (एजेन्सीको सहयोगमा)

 

ताजा खबर