नेपालमा क्यासिनो र रिसोर्ट चलाउने विदेशी कम्पनीको नाफा बढ्दो क्रममा

२०७५ बैशाख १७ सोमबार १२:१७:०० मा प्रकाशित

सरल संवाददाता
काठमाडौ, १७ वैशाख । नेपालमा क्यासिनो र होटल व्यवसाय गरिरहेको सिल्भर हेरिटेज गु्रपले सन् २०१८ को पहिलो त्रैमासिक विवरणमा क्यासिनो गेम खेलाएर ९ लाख ११ हजार डलर नाफा गरेको जनाएको छ ।

रुपन्देहीको कोटिहवामा टाइगर प्यालेस रिसोर्ट नामको पाँचतारे होटल तथा क्यासिनो र काठमाडौंको साँग्रीला होटलमा क्यासिनो सञ्चालन गरिरहेको छ ।  

सन् २०१२ देखि साँग्रीला होटलमा मिलिनियर्स क्लब नामको क्यासिनो सञ्चालन गरिरहेको यस समुहले अघिल्लो वर्षको असार महिनामा टाइगर प्यालेस रिसोर्ट निर्माणको क्रममा हङकङबाट ३ अर्ब रुपैंया ल्याउँदा राष्ट्र बैंकले सो रकम श्रोत नखुलेको भन्दै रोकिएको थियो ।

पछि सम्पूर्ण प्रक्रिया पुरा गरेपछि सबै रकम निकासा भएर सो समुहले नेपालमा राम्रो आँकडामा नाफा कमाउन सफल भएको हो ।

रिसोर्टको र क्यासिनोको नाफा निरन्तर बढ्दो क्रममा रहेको यस गु्रपको सबैभन्दा धेरै नाफा भियतनामको फोनिक्स क्लबले कमाउने गरेको छ । पहिलो ३ महिनामा आकर्षक नाफा गरेको सिल्भर हेरिटेजले यस वर्षको बाँकि महिनामा थप नाफा हुने अपेक्षा राखेको जनाएको छ ।

हङकङको बहुराष्ट्रिय कम्पनी सिल्भर हेरिटेज ग्रुपले नेपालमा सिल्भर हेरिटेज इन्भृष्टमेन्ट प्रा.ली. नामक संस्था मार्फत् लगानी गरिरहेको छ । सिल्भर हेरिटेज ग्रुप हाल अष्ट्रेलियन सेकुरिटिज एक्सचेन्जमा सुचिकृत छ ।

 

 

ताजा खबर