लोडसेडिङ हटाउने जिम्मेवारी जर्मन कम्पनीलाई

२०७५ बैशाख १३ बिहीबार १६:५५:०० मा प्रकाशित

 काठमाडौं, १३ वैशाख । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंस्थित भारसंप्रेषण केन्द्रको सुपरिवेक्षण नियन्त्रणको प्रविधि आधुनिकीकरण गर्ने काम एक विदेशी कम्पनीलाई सुम्पिएको छ।  प्राधिकरण सूत्रका अनुसार योसँगै तथ्याङ्क प्राप्ति र उर्जा व्यवस्थापन प्रणाली अद्यावधिक गर्ने कामको जिम्मा जर्मन कम्पनी जिमन्स एजीलाई दिएको छ ।

जर्मन सरकारको स्वामित्व रहेको केएफडब्लु बैंकले लगानी गरेको सो फाष्ट ट्रयाक प्रोजेक्ट जर्मन कम्पनीलाई दिइएको समाचार सूत्रले जानकारी दिएको छ ।

 प्राधिकरणका एक अधिकारीका अनुसार पछिल्लो समय नेपालमा पटक पटक छोटो समयको लागि विद्युत् आपूर्ति कटौती भइ राखेको छ । यसको मूल कारण प्रणालीमा देखिएको गडबडि हुन सक्ने भएकोले यस प्रणालीको सुधारले सो समस्या समाधान हुन सक्ने बताइएको छ ।

हाल सञ्चालनमा रहेको प्रणाली १५ वर्ष पुरानो भएकोले विद्युत् संप्रेषण कार्यलाई थप चुस्त बनाउन अद्यावधिक गर्नुपरेको विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् । यस प्रणालीलाई अद्यावधिक गराएपछि नेपालको एकिकृत उर्जा प्रणालीको सहज सञ्चालनमा सहयोग पुग्ने र अहिलेको छोटो समयको लागि बारम्बार हुने लोडसेडिङको समस्या अन्त्य हुने विश्वास गरिएको छ ।

प्राधिकरणको अहिलेको प्रणाली पुरानो भएकोले यसलाई अद्यावधिक गर्दा विद्युत् संप्रेषण कार्य सहज हुने बताउँदै जिमन्स इन्डीयाका कार्यकारी उपाध्यक्ष डा। हेराल्ड ग्रिम भन्छन्, ‘नेपाल विद्युत् प्राधिकरणलाई नयाँ प्रणाली मार्फत् निरन्तर र उच्च गुणस्तरको विद्युत् ग्राहक सम्म पु¥याउन सहयोग हुनेछ र हामी यसमा सहकार्य गर्न पाएकोमा उत्साहित छौं ।’

ताजा खबर