गायिकाकै घर गएर फ्यान निदाएपछि....

२०७५ बैशाख ९ आइतबार १७:१८:०० मा प्रकाशित

काठमाडौं, ९ वैशाख । अमेरिकी गायिका टेलर स्वीफ्टको एक फ्यान उनको घरभित्र पसेर निदाउन पनि भ्याएको न्यूयोर्क पुलिसले जनाएको छ । 
रोजर अल्भारादो नाम गरेका ती २२ वर्षिय युवकले भ¥याङको सहायताले माथि चढि झ्याल फुटाएर घरभित्र पसेको बताइएको छ । रोजर भित्र पसी नुहाएर खाटमा सुतिरहेको अवस्थामा पुलिसले भेट्टाएको एसोसियटेड प्रेसले जनाएको छ । 

पुलिसले ती युवालाई पछ्याउने, चोरी, आपराधिक स्वभावको बदमासी र घुसपैठ जस्तो आरोपमा पक्राउ गरेको छ । ती युवक यस वर्षको सुरुवातमा पनि बेल्चाले घरको मुख्यद्वार भत्काउँदै गरेको आरोपमा यहि स्थानमा पक्राउ परेका थिए । दुबै समय स्वीफ्ट भने घरमा थिइनन् ।

यो महिना मात्र कसैले स्वीफ्टलाई भेट्न खोजेको तेश्रो पटक हो । सुरुमा एक घरबार बिहिन व्यक्ति स्वीफ्टको घर चढ्दै गर्दा समातिएका थिए । त्यसैगरी अप्रिल १४ मा एकजना मास्क र चोरहरुले प्रयोग गर्ने पञ्जा लगाएको व्यक्ति पक्राउ परेका थिए । ती व्यक्ति कोलोराडो राज्य देखि स्वीफ्टलाई भेट्न भनि आएका थिए ।

पुलिसका अनुसार ती फ्यानको गाडी खानतलासी गर्दा चक्कु, डोरी, विस्फोटक वस्तु र अरु मास्क पञ्जाहरु भेटिएको थियो । (याहु न्यूजबाट ।)

ताजा खबर