एशियालीको खर्च वाईनिङ र डाइनिङमा

२०७५ बैशाख ९ आइतबार ११:४५:०० मा प्रकाशित

सरल संवाददाता

काठमाडौं, ९ वैशाख । अमेरिकामा बस्ने विभिन्न मूलका व्यक्तिहरुको खर्च गर्ने बानी माथि गरिएको एक अध्ययनले १६ प्रतिशत एशियालीहरुले आफ्नो नियमित अनिवार्य खर्च पछि बचेको पैसा खानपानमा सक्ने गरेको निष्कर्ष निकालेको छ ।

अमेरिकामा व्यक्तिगत आम्दानी नियमित रुपमा बढिरहेकोले पनि त्यहाँका मानिसहरुको जरुरी खर्चबाहेक केहि बचत हुने गरेको छ ।

उक्त अध्ययनले उत्तर अमेरिकी क्षेत्रका मानिसहरु आफ्नो बचत प्रविधिमा खर्च गर्न रुचाउने देखाएको छ । ३४ प्रतिशत उत्तर अमेरिकीहरु प्रविधि सम्बन्धित विषयमा आफ्नो बचत खन्याउने गरेका छन् ।

त्यस्तैगरी यूरोपियन, दक्षिण अमेरिकन र अष्ट्रेलियनहरु क्रमशः फेशन (३१ प्रतिशत), सौन्दर्य प्रशाधन (१७ प्रतिशत) र घुमफिर (२४ प्रतिशत) मा बचतको उपयोग गर्ने सो अध्ययनले देखाएको छ । १८ प्रतिशत अफ्रिकीहरु आफ्नो अतिरिक्त आम्दानीलाई आरामको लागि खर्च गर्ने गरेको देखाएको छ । याहु न्यूजबाट ।

 

ताजा खबर