हेटौडाकी २२ वर्षीया खतिवडा बनिन मिस नेपाल–२०१८

२०७४ चैत २९ बिहीबार ०७:२७:०० मा प्रकाशित

मिस नेपाल– २०१८ को उपाधि हेटौडाकी श्रृंखला खतिवडाले हात पारेकी छन् । बुधबार साँझ काठमाडौंमा आयोजना गरेको मिस नेपालको २३ औं संस्करणमार्फत २२ वर्षीया श्रृंखलाले उपाधि हात पारेकी हुन् ।

श्रृंखलाले २५ जना प्रतिस्पर्धीलाई उपाधि जितेकी हुन्। प्रतिस्पर्धामा रहेका मध्य गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनलको उपाधी हात पारेका छन्।

उनले मिस वर्ल्ड २०१८ मा नेपालका तर्फबाट  प्रतिनिधित्व गर्नेछिन्। श्रृंखला नेकपा एमालेका तर्फबाट संघीय सांसद  विरोध खतिवडा तथा  प्रदेश सांसद मुनु सिग्देलकी छोरी हुन् । उनले आर्किटेक्टमा स्नातक उत्तीर्ण गरेकी छिन् ।

ताजा खबर