पाँच वर्ष के गरेर बस्लान सलमान !

२०७४ चैत २३ शुक्रबार ११:०४:०० मा प्रकाशित

 राजस्थान । ‘पाप धुरीबाट कराउँछ’ भन्ने पुरानो नेपाली उखान एक बलिउड अभिनेताको जीवनमा चरितार्थ हुनपुगेको छ । उनी स्वयंले बिर्सिसकेका भएपनि बिगतमा गरेको गलत कर्मले उनलाई बाँधेर ल्यायो कानूनको फन्दामा । उनी अर्थात बलिउडका महंगा र सुपरस्टारको विशेषण पाएका अभिनेता सलमान  खान । साथीभाईको लहैलहैमा लागेर गरिएको गलत कामले जीवनको कुनैपनि कुँइनेटोमा ठक्कर दिँदोरहेछ भन्ने तीतो यथार्थको साक्षात्कार गरिरहेका छन् यी सुपरस्टार जेलको चारदिवारभित्र ।

उनको दुई दशक पुरानो सन्काहा कर्मका लागि भारतको राजस्थानस्थित एक अदालतले सन् १९९८ को अक्टोबरमा दुर्लभ दुई कृष्णसार (मृग) मारेको अभियोगमा बिहीबार पाँच वर्षको जेल सजाय सुनाएको हो। 

तर अदालतले सोही आरोपमा मुद्दा खेपिरहेका उहाँका साथीहरू सैयफ अली खान, तावु, नीलम र सोनाली बेन्द्रलगायतलाई भने सफाई दिएको छ । 

करिब २० वर्ष पहिले हिन्दी सिनेमा ‘हम साथ साथ हें’ को सुटिङको शिलशिलामा सलमानसहितका चार कलाकार र स्थानीय दुश्यन्त सिंहले दुर्लब कृष्णसार मारेको आरोपमा मुद्दा चलेको थियो । 

सलमान खानले पाँच वर्ष जेल सजाय र १० हजार जरिवाना तोकिएको अभियोजक महिपाल विस्नोइले सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिएका छन्। 

अभिनेता सलमान खानलाई वन्यजन्तु संरक्षण ऐनको दफा ९ (५१) अनुसार अधिकतम छ वर्षको जेल सजाय हुनेगरी दोषी ठहर गरिएको छ । 

उक्त मुद्दाउपर अन्तिम सुनुवाई गत मार्च महिनामा भएपनि प्रमुख न्यायाधीश देव कुमार खत्रीले निर्णयलाई तत्काल सार्वजनिक नगरी रोकेर राखेका थिए। 

सलमानको मुद्दाका विरुद्ध बहस गरेका सरकारी वकीलका अनुसार सवै कलाकार सलमान खानद्वारा चलाएको जिप्सी (गाडी)मा राती यात्रा गरिरहेका समय कृष्णसारको समूह देखेपछि त्यस समूहका दुई मृगलाई उनले मारेका थिए । 

सलमान खान बिहीबार कालो सर्टमा उनका सहयोगीसहित अदालत पुगेका थिए।  पिटीआई
 

ताजा खबर