हरिण मारेको अभियोगमा सलमानलाई दुई वर्ष कैद

२०७४ चैत २२ बिहीबार १३:४७:०० मा प्रकाशित

नयाँदिल्ली । कालो हरिण मारेको आरोपमा जोधपुरको एउटा अदालतले भारतीय अभिनेता सलमान खानलाई दुई वर्षको जेल सजाय तोकेको छ । उनलाई सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको ‘हम साथ साथ हे’ चलचित्रको सुटिङको समयमा दुईवटा कालो हरिण मारेको आरोपमा दुई वर्षको सजाय तोकेको हो ।

तर, सलमान खानले जेल जानु भने पर्नेछैन । उनलाई अहिले नै बेल मिल्नेछ । यसअघि मुख्य न्यायिक मजिस्ट्रेट देवकुमार खत्रीले सन् १९९८ को यो मुद्धाका बारेमा २८ मार्चमा पूरा सुनुवाई गर्दै फैसला पछि सुनाउने घोषणा गरेका थिए ।

उनीसँगै सलमान खान, सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमा कोठारीविरुद्ध मुद्दा दर्ता भएको थियो तर सैफ अली खान, सोनाली बेन्दे्र, तब्बू तथा नीलिमालाई अदालतले सफाई दिएको छ ।

फैसला सुनाउनु अघि सलमानका वकिलले अदालतमा कम सजायको अपिल गरेका थिए भने सरकारी वकिलले धेरै भन्दा धेरै सजाय तोक्न अपिल गरेका थिए ।  

यो घटना चलचित्र ‘हम साथ साथ हे’ को सुटिङको दौरानमा घटेको थियो । सन् १९९८ मा राजश्री फिल्मको ब्यानरमा बनेको यस चलचित्रको सुटिङको समयमा सलमान खानमाथि कालो हरिण मारेको आरोप छ ।

साथै सलमानलाई उक्साउन सहयोग गरेको आरोपमा सैफ अली खानसहितका अन्य कलाकारको नाम पनि मुछिएको छ । दैनिक भाष्करबाट ।
 

ताजा खबर