दिव्यभूमि कलेजका विद्यार्थी नमूना मुसहर बस्तीमा    

२०७४ चैत २१ बुधबार १६:००:०० मा प्रकाशित

काठमाडौं । दिव्यभूमि मल्टिपल कलेजका विद्यार्थीहरुले धुर्मुस सुन्तली फाउण्डेशनद्वारा महोत्तरीको बर्दिबासमा निर्माण गरिएको एकीकृत नमुना मुसहर बस्तीमा ग्रामीण क्याम्प गरेका छन् । 

स्नातक तहमा सामाजिक कार्य विषय अध्ययन गरिरहेका ४० जना विद्यार्थीले चैत १७ देखि २० गतेसम्म नमुना बस्तीको अध्ययन भ्रमण गरेका हुन् । 
सामाजिक कार्य विषयको प्रयोगात्मक सिकाइ पाठ्यक्रमअनुसार उनीहरुले बस्तीमा रहेका मुसहर समुदायको स्वास्थ्य, शिक्षा, सरसफाइका उनीहरुको आर्थिक र सामाजिक अवस्थाबारे समेत अध्ययन गरेका थिए ।  

त्यस क्रममा विद्यार्थीहरुले मुसहर बालबालिकासँग सरसफाइसम्बन्धी चेतनामूलक कार्यक्रम र महिलाहरुसँग प्रजनन् स्वास्थ्यसम्बन्धी अन्तत्र्रिmया गरेका थिए । 

विद्यार्थीहरुले मुसहर परिवारलाई साबुन, ब्रस र टुथपेस्टलगायतका सरसफाइसम्बन्धी सामग्री समेत वितरण गरेका थिए । 

दिव्यभूमि कलेजबाट तराईमधेसमा यस किसिमको यो दोस्रो शैक्षिक भ्रमण हो । सामाजिक कार्य विषयका उपप्राध्यापक पियुष श्रेष्ठले विद्यार्थीहरुले फरक वातावरणमा नेपालीहरुको पृथक जीवनशैली, उनीहरुको सामाजिक र आर्थिक अवस्थाबारे अध्ययन गर्ने अवसर पाएको बताए। 

ताजा खबर