विश्व कल्याणका लागि महायज्ञ शुरु

२०७४ चैत १९ सोमबार १०:४७:०० मा प्रकाशित

गौशाला, १९ चैत्र । महोत्तरी जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा आजदेखि विश्व कल्याणका लागि श्री सीताराम नाम जाप महायज्ञ शुरु भएको छ । 

जिल्लाको महोत्तरी गाउँपालिका–२ अनैठामा अवस्थित ठाणेश्वरनाथ महादेव मन्दिरको आयोजनामा यसै मन्दिरको प्रांगणमा आजदेखि १० दिन सम्मका लागि महायज्ञ शुरु भएको महायज्ञ समितिका अध्यक्ष नवीनकुमार नवलले बताए। 

विश्व कल्याणार्थ आरम्भ भएको यस महायज्ञ महन्थ श्री राजाराम दास महाराजले विशेष पूजाअर्चना गरेर शुरु गरेका छन् भने उनले नै दशौँ दिनमा सम्पन्न गराउनु हुनेछ । यस यज्ञमा यज्ञवेदी, हवनकुण्ड र रामनाप जाप संकीर्तनस्थल निर्माण गरी पूजाअर्चना र हवन शुरु भएको छ भने १० दिनसम्मका लागि अखण्ड राम नाम जाप संकीर्तनसमेत शुरु भएको महायज्ञ समिति अध्यक्ष नवलले बताए। 

साथै यस महायज्ञमा हरिद्वारको प्रवचन, अयोध्याको रामलीलासहित अन्य खेल तामाशासहित भारी मेलाको आयोजनासमेत गरिएको महायज्ञ समितिले जनाएको छ । रासस

ताजा खबर