यसो गरे कसो होला ओलीजी ! 

२०७४ चैत १८ आइतबार ११:०७:०० मा प्रकाशित

 मुलुकबारे तपाइँका सपना, विश्वास र दृढता स्वागतयोग्य छन् ओलीजी !

इमान्दार पनि हुनु होला नै ! यतिखेर तपाइँ मुलुकका सबैभन्दा लोकप्रिय नेता पनि हुनुहुन्छ ! तपाइँमाथि विश्वास नगर्नु पर्ने कारण अहिले सम्म देखिएको छैन !

तपाइँका यी राजनीतिक पूँजीलाई मुलुकको वृहतत्तर हितमा लागू गर्ने हो भने देश उठ्न समय लाग्दैन ! तर ती सपना, विश्वास र दृढतालाई कार्यरूपमा लैजान झन् ठूला सपना, विश्वास र दृढता बोकेका उच्चतम योग्यता, क्षमता, निष्ठा भएका सहयोगीहरू आवश्यक हुन्छन नी त ओलीजी !
एकाध बाहेक तपाइँका मन्त्रीहरू  त्यो कोटीमा परेका देखिएका छैनन् !

 योग्यता र क्षमता सावित गरेर मुलुकमा पौरख गरेर खानेलाई प्रोत्साहन नगरी मुलुक उठ्दैन र त्यसको लागि नीति निर्माण र कार्यान्वयनकाका क्षेत्र देखि मुलुकका सबै उत्पादक र सेवा क्षेत्रमा उच्चतम योग्यता, क्षमता र कौशल भएका व्यक्तिहरू आवश्यक हुन्छन । तर योग्यता र क्षमतालाई निषेधगर्ने, इलमी र पौरखीलाई निरुत्साहित गर्ने, कम योग्यता र निष्ठाका  व्यक्तिहरूलाई आरक्षणको नाउँमा  मुलुकको नीति निर्माण, कार्यान्वयन, अन्य उत्पादक र सेवा क्षेत्रमा भरेर मुलुक उठ्न  र सम्वृद्ध हुन सक्दैन !

झन् झन् तल झर्दै जाने  मात्र  हो !

योग्यता  र क्षमता सावितनै नगरी  जात, वर्ण, लिङ्गको आधारमा आकर्षक  राज्य अवशर र सुविधा पाउने  र त्यसमा  पनि फेरी नेताहरूसँगको  निकटताले प्राथमिकता पाउने  भएपछि कसैले किन परिश्रम गरेर योग्यता र क्षमता आर्जान गर्ने होला ?

चीनको तुलनामा भारतका सम्भावनाहरू असीमित छन्, कुनै बेला भारत संसारकै सबैभन्दा शक्तिशाली र सम्वृद्ध मुलुक पनि थियो तर आज भारत र चीनका वीच कुनै तुलना नै हुँदैन !

भारत दशकौं पछाडि छ चीन भन्दा ! 

चीनले योग्यता र क्षमतालाई प्राथमिकता दियो,भारतले आरक्षणको नाउँमा जाती प्रथालाईनै सँस्थागत गरिदियो !

हामी त्यही गरिरहेका छौं !

सबैलाई योग्यता र क्षमता विकास गर्ने समान अवशर दिनुस न ! शिक्षा र शीप आर्जन गर्ने उन्नत अवशर निर्माण गरिदिनुस न !
स्वाभिमानकासाथ उठ्ने र बाँच्ने वातावरण सिर्जना गरिदिनोस न ! राजनीतिक निकटता र आस्थाको आधारमा मात्रै अवशर प्राप्त हुने अवस्थालाई अन्त्य गर्नोस त !

कानुनको सर्वोपरितालाई दृढतापूर्वक स्थापना गर्नोस त ! त्यसले मात्रै भेदभाव र पक्षपात रहित समाज निर्माण गर्दछ ! क्षमता, स्वाभिमान  र विश्वासको राष्ट्र खडा गर्दछ !

 अनि पो तपाइँका सपना चरितार्थ हुने दिन आउँछ त !  

कठोर अनुशासन, साहश,परिश्रम र क्षमता  निर्मित  राष्ट्र बनाउन प्रतिवद्ध हुनुहोस त ! त्यसकोलागि प्रतिपक्षी दललाई समेत विश्वासमा लिन इमान्दार प्रयास गर्नु होस् त !  

सपनाका गफ मात्रै त तपाइँभन्दा केशव स्थापितले धेरै मिलाएर गर्दछन् ! 
(फेसबूकवालबाट)
 

ताजा खबर