उर्लाबारीमा जम्यो फेसन ट्रेडस  

२०७४ चैत १८ आइतबार १०:३९:०० मा प्रकाशित

उर्लाबारी, १८ फागुन । युवा पुस्तामा बढ्दो फेसन मोहलाई आत्मसात गर्दै मोरङको उर्लाबारीमा फेसन ट्रेडस २०१८ आयोजना गरियो।
सेन्ट्रल फेसन हब काठमाडौंको आयोजना तथा उत्तम क्रियसनको प्रस्तुतिमा मोरङ मिक्लाजुङका मृगौला रोगी सेनेहाङ लिम्बूको उपचार सहयोगार्थ शुक्रबार कार्यक्रम भएको हो ।   
 
विभिन्न डिजाईनरले डिजाइन गरेका ट्रेडिसनल गाउन ,लेहेंगा,क्याजुअल डिजाईन, फोर्मल शुट लगायतका डिजाईनमा नायिका निता ढुंगाना, मिस नेपाल सदिक्षा श्रेष्ठ, मोडल÷नायक अमृत ढुंगाना, प्रज्वल सुजल गिरी, नेपाल अर्थ रोसनी खत्री, सम्पदा बानियाँ, नम्रता योगी लगायतका दर्जनौंले उर्लाबारीको सिघिंम होटलमा र्याम्प नापेका थिए । दर्शकको बाक्लो उपस्थिती रहेको कार्यक्रममा नायिका निता ढुंगाना, मिस नेपाल सदिक्षा श्रेष्ठलाई दर्शकले नोट गरेका थिए ।

कार्यक्रममा मोड्लिङमा लाग्न चाहने स्थानीय नवमोडलहरुलाई पनि र्याम्प नाप्ने अवसर दिइएको थियो । सेनेहाङ लिम्बूको उपचारका लागि संकलित रकम सोही कार्यक्रममा विरामीको आमालाई हस्तान्तरण गरिएको थियो । भिजे सिर्जना लिम्बूले संचालन गरेको कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागो, कवि उपेन्द्र सुब्बा लगायतको पनि उपस्थिति थियो ।

ताजा खबर