कवि युवराजको “देउरालीको फूल” फक्रियो 

२०७४ चैत १६ शुक्रबार १५:०३:०० मा प्रकाशित

काठमाडौं । ब्यस्त जागिरे जीवनकाबीच समय निकालेर गीत कविता कोर्दै आएका कवि युवराज अधिकारीको पहिलो गीति संग्रह “देउरालीको फूल” तयार भएको छ । केहि समय पछि सार्बजनिक हुने तयारीमा रहेको यो एल्वममा    अधिकारीका तीनवटा गीतको त भिडियो समेत भएको छ । 

एल्वमका ६ गीत मध्य तीन वटाको भिडियो समेत तयार पारेका अधिकारीले आँशु आफै बोलको गीतको म्यूजिक भिडियो यस अघि नै सार्बजनिक गरि सकेका छन । बाँकि दुई भिडियोको काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए । एल्वमको एक गीतको म्यूजिक भिडियो बरिष्ठ सञ्चारकर्मी एबं निर्देशक भुषण दाहालले गरेका छन ।

सुरेश अधिकारीको एकल संगीत रहेको एल्वममा दीप श्रेष्ठ ,रामकृष्ण ढकाल र स्वरुपराज आचार्य प्रमोद खरेल र मिना निरौलाको स्वर समेटिएको    छ । म्यूजिक संसार नेपालको प्रस्तुतिमा तयार भएको एल्वम नयाँ बर्षमा सार्बजनिक गर्ने कार्यक्रम रहेको गीतकार अधिकारीले बताए।

ताजा खबर