चीनमा ‘बाहुबली २’ रिलिज हुँदै 

२०७४ असार १६ शुक्रबार ०७:२१:०० मा प्रकाशित

काठमाडौं, १६ असार । सेप्टेम्बरमा चीनमा रिलिज हुने चलचित्र ‘बाहुबली २ द कन्क्लूजन’ ले वर्ल्डवाइल्ड अहिलेसम्म करीब १७ सय करोडको कारोबार गरिसकेको छ । फिल्ममा बिज्जलदेव उर्फ भल्लालदेवका पिताको भूमिका निर्वाह गरेका नस्सर साउथका चर्चित कलाकार, सिंगर र डाइरेक्टर हुन् । नस्सरले साउथसँगै केही बलीउड फिल्ममा पनि काम गरेका छन् । तर, उनको लाइफमा एक समय यस्तो थियो कि उनले होटलमा वेटरको काम गर्नु परेको थियो ।

चेम्गलपट्टु, तमिलनाडुमा ५ मार्च, १९५८ मा जमिएका नस्सरले आफ्नो स्कूलको पढाई सकाएपछि बाँकी अध्ययन गर्न मद्रास गएका थिए । मद्रास क्रिश्चियन कलेजबाट इन्टरमीडिएट गरेपछि उनले आफ्नो करिअरको सुरुआत एयरफोर्सबाट सुरु गरे । तर, उनले यो काम धेरै वर्ष गरेनन् ।
सुरुदेखि नै अभिनय फिल्डमा जान चाहन्थे थिए उनी । उनले साउथ इन्डियन फिल्म चेम्बर अफ कमर्स फिल्म इन्स्टीट्यूट र पछि तमिलनाडु इन्स्टीट्यूट फर फिल्म एन्ड टेलिभिजन टेक्नोलोजी ज्वाइन गरे । त्यहाँ उनले गोल्ड मेडल पाए ।

नस्सरले कमिलासँग विवाह गरे । उनका तीन छोरा छन् । नस्सरले अहिलेसम्म २ सयभन्दा बढी फिल्ममा काम गरिसकेका छन् । उनले उन्नल मुदियम थाम्बी,वाथियार वीट्ट पिल्लई,राजा कैया वाचा सेवागन,पवित्राु, नरसिम्हाु, थेनावा, थिरुथम, थलैवा सहित धेरै सुपरहिट फिल्ममा काम गरेका छन् ।

ताजा खबर