समयमै पाठ्यपुस्तक उपलब्ध गराउन प्रधानमन्त्री कार्यालयको निर्देशन

२०७४ चैत १३ मंगलबार ०७:४६:०० मा प्रकाशित

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी शैक्षिकसत्र २०७५ मा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध गराउन सम्बन्धित निकायका प्रमुखलाई निर्देशन दिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सचिव प्रेमकुमार राईको अध्यक्षतामा सोमबार बसेको बैठकले कक्षा १ देखि ५ सम्म जनकशिक्षा सामग्री केन्द्र लिमिटेड र ६ देखि १० सम्म निजी क्षेत्रले यही चैत २५ गतेभित्र सबै जिल्ला सदरमुकाममा पाठ्यपुस्तक पु¥याइसक्ने निर्णय गरेको हो । 

आधारभूत तहका अंग्रेजी माध्यमको पाठ्यपुस्तक साझा प्रकाशनले उत्पादन र वितरण गर्दै आएको छ । 

यस्तै आगामी शैक्षिकसत्रमा कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक रंगीन हुनेबारे सम्बन्धित शिक्षक अभिभावकमा जानकारी दिन, निःशुल्क पाठ्यपुस्तकवापतको रकम स्थानीय तहमार्फत भुक्तानी गराउन र समयमा पाठ्यपुस्तक उपलब्ध भए नभएकाबारे अनुगमन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुगमन गर्न पनि प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ । 

ताजा खबर