गाईको आत्माशान्तिका लागि श्रीमद्भागवत

२०७४ असार १५ बिहीबार १६:३८:०० मा प्रकाशित

काठमाडौँ, १५ असार । गोकर्णेश्वर नगरपालिका–१ स्थित ‘ओम गाई फार्म’ मा विद्युत् चुहिई मरेका गाईको आत्माको शान्तिका लागि श्रीमद्भागवत लगाइएको छ । 


विश्व हिन्दू महासङ्घ, राष्ट्रिय धर्मसभा नेपाल, नेपाल पुरोहित सङ्घ, ‘ॐकार वाणी’ धार्मिक पत्रिकाले संयुक्त रुपमा बुधबार आयोजना गरेको उक्त कार्यक्रममा शास्त्रीय विधि अनुसार शान्ति पाठ गरिएको थियो । उक्त स्थानमा ५४ ब्राह्मणले दक्षिणबिना वेद पाठ गर्नुभएको छ । वैदिक परम्परामा गाईलाई लक्ष्मी तथा माताका रुपमा सम्मान गरिन्छ । 


सो अवसरमा।बाल्मिकि क्याम्पसका धर्मशास्त्र विभाग प्रमुख देवमणि भट्टराईले पूजाका लागि आवश्यक वैदिक विधि तथा परम्पराबारे निर्देशन दिएका थिए। धर्मसभा नेपालका सचिव अरुणकुमार पाण्डेले दुर्घटनामा गाई मर्नु तथा मठमन्दिर भत्किनु अनिष्टको सङ्केत भएको बताउँदै मुलुकमा कुनै पनि नराम्रा घटना नहोस् र दुर्घटनामा परेका गाईले शान्ति पाऊन् भनेर पूजा गरिएको बताए। यही असार ३ गते उक्त फार्ममा ५१ गाई मरेका थिए । रासस 

ताजा खबर