फेसबुक प्रयोगकर्ता दुई अर्ब 

२०७४ असार १५ बिहीबार १३:३०:०० मा प्रकाशित

काठमाडौं, १५ असार । सोसल नेटवर्किंगको दुनियामा क्रान्ति ल्याउने विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंग साइट फेसबुकले अर्को किर्तिमान कायम गरेको छ । फेसबुकका अनुसार विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । यस हिसाबले विश्वमा एक चौथाई भन्दा धेरै मानिसले फेसबुक चलाउन थालेका छन् ।

स्मरण रहोस् फेसबुकपछि सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल साइट यु ट्युब हो । जसका प्रयोगकर्ता डेढ अर्ब छ । त्यस्तै ह्वाट्सएपका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड छ । एजेन्सी

ताजा खबर