पुरुषलाई टक्कर दिदै महिला डकर्मी

२०७४ चैत ६ मंगलबार १२:०९:०० मा प्रकाशित

काठमाडौं, ६  चैत। विगतमा पुरूषले मात्र गर्ने काम भनेर लिने गरिएको डकर्मी पेशा अचेल महिलाले पनि गर्न थालेका छन्।

यो पेशामा संलग्न महिलाबारे यकिन तथ्याङ्क नभए पनि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ५० हजार डकर्मी र सिकर्मीलाई तालिम दिँदा करिब २० प्रतिशत महिला पनि सहभागी भएको जनाएको छ।यो पेशामा दैनिक राम्रो कमाइ हुने गरेकोले पनि महिलाहरूको संलग्नता बढ्न थालेको बताइन्छ।

घरको तला पुर्न तयार गदै गरेकी सीता राईले धरानमा डकर्मी काम गर्न थालेको २४ वर्ष भयो।विभिन्न प्रकारका निर्माण कार्यमा महिलाहरू मजदुरीमा संलग्न छन्। तीमध्ये डकर्मी महिलाको संख्या कम भए पनि सहभागिता बढ्दै गएको राई बताउँछिन्।

सिमेन्ट बोक्ने र मुछ्ने काम गर्दा(गदै कतिपय महिलाहरूले डकर्मी काम सिकेको बताए।

पुनर्निर्माणस् नेतृत्व परिवर्तनप्रति चिन्ता र चासो

उनीहरूले दैनिक आठ घण्टा काम गर्दा ९ सय ५० देखि एक हजार रुपैयाँ कमाउने गरेको धरान १६ की गौरी तामाङले बताइन्।

उनले भनिन् “आँटको कुरा पनि हो। गर्छु भनेपछि गरिँदोरहेछ। महिला हुँदैमा किन पछि पर्नु?“

अधिकांश पुरूष डकर्मी मात्रै देखिने भएकाले काम गर्ने स्थलमा डकर्मी महिलाहरूको काम हेर्न कतिपय मानिसहरू आउने गरेको सीता राईले बताइन्।

आयआर्जन
राईले भनिन्, “जहाँ काम गर्न जाँदा पनि मान्छेहरू हेर्न आइपुग्छन्। महिला पनि मिस्त्री हुँदारहेछन् भन्छन्।“

राष्ट्रिय पुर्न्निर्माण प्राधिकरणले भूकम्पबाट ध्वस्त भएको घरहरूको निर्माणका लागि गत वर्ष ५० हजार डकर्मी र सिकर्मीलाई तालिम दिएको थियो।

त्यसमध्ये २० प्रतिशत जति महिलाले पनि तालिम लिएको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताए।

उनले भने, “डकर्मी तालिमका लागि छनोट गर्दा उपलब्ध भएसम्म धेरै महिलालाई समावेश गराउने हाम्रो नीति छ। तालिम लिएका धेरै महिलाहरू काममा संलग्न रहेको अवस्था छ।“

घरको गर्जो टार्न र छोराछोरीको अध्ययनका लागि आयआर्जनको बाटोमा बिस्तारै महिलाहरुको सहभागिता बढेको देखिन्छ।

यसले महिलाहरूमाथि हुने विभिन्न किसिमका घरेलु हिंसा र विभेद कम गर्न भूमिका खेल्ने महिला अधिकारकर्मीहरूको ठम्याइ छ। बीबीसी नेपाली 
 

ताजा खबर