चर्चामा ‘उही खोलीमा पानी’

२०७४ चैत ५ सोमबार १५:१७:०० मा प्रकाशित

 काठमाडौं । लोक दोहोरी गीतको क्षेत्रमा वर्ष भरीमा हजारौंको संख्यामा गीतहरु उत्पादन भएर बजारमा आउँछन् । त्यसरी बजारमा आएका गीतहरुमध्ये केही गीत मात्रै चर्चामा आउन सफल हुन्छन् ।

चर्चामा आएका गीतहरुमध्ये कतिपय छोटो समयको लागि चर्चामा रहन्छन् र हराउँछन् तर केही गीतहरुले यसरी श्रोताको मन मस्तिष्कमा गहिरो छाप छोड्छन् कि लामो समयसम्म ती गीतहरु कालजयी बनेर दर्शक श्रोताको मानस पटलमा   रहन सफल हुन्छन् ।

अहिले बजारमा त्यस्तै एउटा सुपरहिट गीतले तहल्का मच्चाईरहेको छ । लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सदस्य एवं लोकप्रिय गायक राजन गुरुङ र गायीका देवी घर्तीको स्वरको गीत ‘उही खोलीमा पानी’ ले अहिले पनि सांगीतिक बजार तताईरहेको छ ।

यसले छोटो समयमै युट्युबमा झण्डै ५४ लाख भ्यू कमाईसकेको छ । अपलोड गरेको समयमा यो गीत ट्रेण्डिङमा पर्न सफल रहेको गायक गुरुङले जानकारी दिए । उनले भने, ‘दैनिक गीतका दर्शकहरु बढ्ने क्रममा छन् ।’

गायक गुरुङ भन्छन्– नेपाली मौलिक लोकगीतले लोकदोहोरी गीतकै इतिहासमा सर्वाधिक दर्शक बनाउन सफल भएको छ ।
 

ताजा खबर