एनटिभीमा आउँदै ‘आइडिया अस्त्र’   

२०७४ चैत ५ सोमबार ११:४६:०० मा प्रकाशित

काठमाडौं,५ चैत । यही चैत १० गते शनिबारदेखि नेपाल टेलिभिजनको पर्दामा बिज्ञान र प्रविधि सम्वन्धि टेलिभिजन कार्यक्रर्म आइडिया अस्त्र’ प्रसारण हुन भएको छ । 

बिद्यार्थी, युवा तथा समस्त शिक्षाप्रेमीलाई लक्षित गरी बनाइएको कार्यक्रम शनिबार बेलुका ५ः३० बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमका निर्माता तथा निर्देशक सागर लामिछानेले बताए। बाँकेको कोहलपुर निवासी सागरले यसअघि रोबोट, होममेड प्लेनको परीक्षणमा सफलता प्राप्त गरेका थिए। दक्ष युवाहरु बिदेश पलायन हुने क्रम बढिरहेको बेला सागरले नेपालमै केही गर्न सकिने भन्दै आइडिया एकेडेमी, आइडिया अस्त्र सामग्रीको स्टोर तत्कालै सञ्चालन गर्ने लक्ष्य लिएका छन् । 

नेपाली टेलिभिजनमा बालशिक्षा केन्द्रीत कार्यक्रम नभएको अवस्थामा आइडिया अस्त्र प्रभावकारी हुने र बालबालिकाले घरेलु सामानबाट विज्ञानप्रविधिबारे जानकारी ग्रहण गर्न सक्ने सागरको विश्वास छ । आधा घण्टा समयावधि रहेको कार्यक्रममा तीनवटा सेग्मेन्ट रहेको छ । पहिलो सेगमेन्टमा आर्ट तथा क्राफ्ट, दोस्रोमा प्रतिभावान् व्यक्तिसँग अन्तर्वार्ता र तेस्रोमा गेम तथा विज्ञानसम्वन्धि प्रश्न समावेश गरिएको छ । इन्जिनियर कृपेन्द्र हुमागाईँ, सौरभ लामिछानेसमेतको सक्रिय भूमिका रहेको छ ।      
                      

 


 

ताजा खबर