यो वर्षको एसईई परीक्षामा करीब ६ लाख परीक्षार्थी

२०७४ चैत ५ सोमबार १०:५७:०० मा प्रकाशित

काठमाडौं,५ चैत । तीनदिन पछि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) तयारी पूरा भएको परीक्षा बोर्डले जानकारी दिएको छ । एसईई परीक्षा पर्सि चैत ८ बिहीबारदेखि सुरु हुँदैछ । 

 राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको लागि १ हजार ९५६ परीक्षा केन्द्र निर्धारण गरिएको जनाएको छ । यसपटक १ हजार ९५६ केन्द्राध्यक्ष, २ हजार ४५० सहायक केन्द्राध्यक्ष, २० हजार ३४० निरीक्षक, १० हजार ६७६ सहयोगी र २९ हजार ३४० सुरक्षाकर्मी परिचालन गर्ने तयारी भएको बोर्डले बताएको छ। 

 एसईईको परीक्षा तालिका अनुसार चैत ८ र ९ गते अनिवार्य अंग्रेजी र नेपाली, १२ गते अनिवार्य गणित, १३ गते अनिवार्य विज्ञान, १४ गते सामाजिक अध्ययन, १५ गते अनिवार्य स्वास्थ्य जनसंख्या तथा वातावरण, १६ गते ऐच्छिक प्रथम र १७ गते ऐच्छिक द्वितीय विषयको परीक्षा हुने जानकारी दिईएको छ। एसइई परीक्षामा ४ लाख ८५ हजार ५८६ विद्यार्थी सहभागीले सहभागी हुनेछन्।
 

ताजा खबर