आयो पूर्वको राजनीति बुझ्ने सजिलो पुस्तक 

२०७४ चैत ३ शनिबार २०:००:०० मा प्रकाशित

काठमाडौं । झापाका तीर्थ सिग्देलले  ‘पूर्वको राजनीति’ नामक पुस्तक बजारमा ल्याएका छन् । झापाली पत्रकारितामा विगत दुई दशकदेखि क्रियाशील सिग्देलको पुस्तक ‘पूर्वको राजनीति’ बिमोचन भएको हो ।

पुस्तक विशेष गरी राजनीतिसँग सम्बन्धित रहेको लेखक सिग्देलले बताए । 

उनले भने, ‘राजनीति गर्नेहरूलाई यो पुस्तक अत्यावश्यक छ । किनभने जो मान्छे आफ्नो काममा लाग्छ भने त्यस विषयमा दख्खल राख्न जरुरी छ । राजनीतिक घटनाक्रम र त्यसमा आएका उतारचढावको आँकलन गर्न गर्न सकेन भने ऊ असफल पनि हुन सक्छ ।’

उनले आफ्नो पुस्तक नवोदित पत्रकारहरूका लागि पनि आधारभूत सिकाइका स्रोत बन्नसक्ने बताए । सिग्देलका अनुसार उक्त पुस्तकमा हालको प्रदेश १ को राजनीतिक घटनाक्रम समेटिएको बताए ।  आफूले यस पुस्तकामा प्रदेश १ को राजनीतिक घटनालाई खोजी गरेर लेखेको बताए । उनले भने,‘ खासमा म खोज र अनुसन्धानमा आधारित भएर लेख्ने लेखक हँ । यसपटक बजारमा आएको यो पुस्तकमा मैले पूर्वको ऐतिहासिक घटनाक्रमहरूलाई समेटेको छु । यस बिषयलाई जहिल्यै पनि बेवास्ता गरियो ।’

देशको राजनीतिक परिवर्तनमा योगदान पुर्याएको पूर्वको राजनीतिक घटनाक्रमहरू बिलाउँदै गएका ती तथ्यलाई खोजी गरेको लेखक सिग्देलले जानकारी दिए ।

भन्छन्,‘२५ वर्षको प्रत्रकारिताको अनुभवले एउटा लेखक जन्मियो भन्दा पनि हुन्छ । पत्रकार हुन मात्र त सजिलो होला । तर, पत्रकारिता पेशामा मात्र चित्त बुझाएर बस्न गाह्रो हुन्छ । सायद म त्यस्तै पत्रकार हुनसक्छु, जसले रिपोर्टिङ गरेर मात्र बस्न सकिन ।’ 

पत्रकार सिग्देलले यसअघि उनको गत वर्ष आफ्नै अनुभवमा आधारित भएर ‘जीवनको गति’ नामक पुस्तक प्रकाशन गरिसकेका छन । उनको यो पुस्तकलाई मिडिया रिसर्च सेन्टरले प्रकाशनमा ल्याएको हो । 
 

ताजा खबर