श्रीमतीप्रति कति कठोर थिए वैज्ञानिक आइन्स्टाइन ? 

२०७४ चैत ३ शनिबार ०८:३४:०० मा प्रकाशित

यदी विश्वका केही सर्वश्रेष्ठ वैज्ञानिकको चर्चा गर्ने हो भने आज पनि अल्बर्ट आइन्स्टाइनको नाम पहिलो  स्थानमै आउँछ । हालै अर्थात १४ मार्चमा उनको जन्मदिन मनाइएको छ । १४ मार्च १८७९ मा जन्मिएका उनको १८ अप्रेल १९५५ मा निधन भएको थियो । संयोग नै भन्नुपर्ला आइन्स्टाइनकै जन्मदिनका दिन निधन भएका स्टीफनले ७६ वर्षको उमेमा देह त्यागेका थिए । आइन्स्टाइनको पनि ७६ वर्षकै उमेरमा निधन भएको थियो । 
भौतिकशास्त्रका सर्वश्रेष्ठ वैज्ञानिक मानिने आइन्स्टाइनको निजी जीवन खासै सुखद थिएन । सन २०१२ मा लेखक वाल्टर इसाकसनले आफ्नो पुस्तक आइन्स्टाइनः हिज लाइफ एण्ड युनिभर्स मा यस्तो दाबी गरेका छन् । उनले लेखेका छन्, विश्वका चर्चित वैज्ञानिकलाई आफ्नो निजी जीवन सफल बनाउनका लागि निकै कोशिश गर्नु परेको थियो तर यो असम्भव रहयो । 
जुन युद्धमा उनी पराजित भए 
वाल्टरले लेखेका छन्, आइन्स्टाइने आफ्नो दाम्पत्य जीवनलाई राम्रो बनाउन कोशिश गरे तर यो युद्ध उनका लागि असफल सावित भयो । वास्तवमा प्रेमप्रति उनी निकै हस्तक्षेपकारी थिए । उनले वैज्ञानिक मिलेवा म्यारिकसँगको वैवाहिक जीवन अस्त व्यस्त भएपछि केही कडा नियम बनाएका थिए ।
 त्यो नियम उनले आफ्ना बच्चाका लागि दुवै जना सँगै बस्न सकियोस भनेर बनाएका थिए । बेलायती पत्रिका डेली मेलले वाल्टरको पुस्तकको आधारमा यो सूची प्रकाशित गरेको थियो । यसमा यस्ता माग थिए, जसमा म्यारिक एक प्रेमिकाका रुपमा नभएर आइन्स्टाइनको नोकरानी बन्नु पर्ने थियो ।  पुस्तकका अनुसार सन १९१४ मा आइन्स्टाइन यो सूची लेख्न बाध्य बनेका थिए । त्यस समयमा उनलाई आफ्नो वैवाहिक सम्बन्ध असफल हुन्छ भन्ने महसुस भएको थियो । 
म्यारिक ती सिमित यूरोपेली महिलाको सूचीमा पर्थिन सले गणित र भौतिकशास्त्रको अध्ययन गरेका थिए । आइन्स्टाइले यस्तो प्रस्ताव पनि राखेका थिए, छोरा छोरीका लागि दुवै जनासँगै बस्नुपर्ने तर उक्त सूचिमा उनले श्रीमानका लागि नौकरानीले जस्तै काम गर्नुपर्ने तर त्यसको बदलामा प्रेमको अपेक्षा गर्न नपाउने उनको सर्त थियो ।  
विश्वका सर्वश्रेष्ठ वैज्ञानिक आइन्स्टाइनको माग थियो, उनको कोठा सफा चट हुुनुपर्ने, उनका लागि दिनमा तीन पटकसम्म खाना तयार गर्ने, उनका कपडा धोइदिएर राम्रोसँग राखिदिनुपर्ने आदि । श्रीमतीले बेडरुम र अध्ययन कक्ष पनि सफा बनाइदिनुपर्ने माग गरेपनि उनलाई डेक्सको प्रयोग गर्ने अनुमति थिएन ।
 तर उनी श्रीमतीलाई यो कुरा पनि सम्झाउँथे कि कामको बदलामा अरु अपेक्षा नगर्नु । यतिसम्म की उनले श्रीमतीलाई बिना कुनै विरोध बेडरुम या अध्ययन कक्षबाट बाहिर निस्कनुपर्ने माग राखेका थिए । शुरुमा त श्रीमतीले यी सबै मागप्रति सहमति जनाइन तर पछि उनले आइन्स्टाइनलाई बर्लिनमा छोडेर छोरासँग ज्यूरिखमा बस्न थालिन् । पाँच वर्ष पछि १९१९ मा उनले सम्बन्ध विच्छेदको निवेदन दिइन र अनुमति पनि मिल्यो । 
आइन्स्टाइनका बारेमा यस्तो पनि भनिन्छ कि उनका कैयाँै गलफ्रेन्ड थिए । सन १९१२ मा उनकी इलसा नामकी महिलासँग नजिकको सम्बन्ध थियो । जबकी उनी त्यतिबेला विवाहित थिए । सन १९१९ मा श्रीमतीसँगको सम्बन्ध विच्छेदपछि उनले इलससँग विवाह गरे । तर उनको आफ्नै सचिवकी छोरी न्यूम्यानसँग पन निकट सम्बन्ध थियो । बीबीसीको सहयोगमा ।
 

ताजा खबर