योग अभ्यासले मधुमेह र उच्च रक्तचापबाट यसरी मुक्त भईन् उनी

२०७४ चैत १ बिहीबार २१:४१:०० मा प्रकाशित

म सप्तरी सदरमुकाम राजविराजमा सम्पन्न जमिनदार परिवारमा हुर्किएकी चेली हुँ । मेरो बुबा अत्यन्तै धार्मिक र कडा स्वभावको हुनुहुन्थ्यो । त्यसैले म कडा पारिवारिक अनुशासनमा हुर्केकी चेली हुँ । मेरो स्वभाव पनि कडा खालको थियो । बाल्यकालमा मैले बोलेको कुरा पु¥याउनैपथ्र्यो । अहिले पनि मैले बोलेको जायज कुरा पु¥याउनैपर्छ, नपु¥याई   छाड्दिनँ ।

 
सरकारी जागिरे थिएँ । छोराछोरीलाई अमेरिका पठाएर राम्रो शिक्षा दिलाएर उनीहरुको उज्ज्वल भविष्य बनाइदिन्छु भन्ने सपना साँचेकी थिएँ । मनले अठोट गरेपछि पूरा गरेरै छाडेँ ।

 
तत्कालीन श्री ५ को सरकार वन मन्त्रालयअन्तर्गत १४ वर्ष सरकारी नोकरी गरेँ । श्री ५ को सरकारको नोकरीले मात्रै छोराछोरीलाई आधुनिक शिक्षादीक्षा दिलाउन सक्दिनँ भन्ने मनमा अठोट गरेर १४ वर्ष नोकरी गरेर जागिर छाडिदिएँ । त्यसपछि अमेरिका गएँ र दश वर्ष खटिएर काम गरें । दश वर्ष अमेरिकामा बसेर छोराछोरीको राम्रो शिक्षादीक्षाका साथै उनीहरुको सुन्दर भविष्य बनाइदिन पनि मैले गरेको परिश्रम सफल भयो । त्यहीँको कमाइले शान्तिनगरस्थित कात्यायनी चोकमा एक सुविधासम्पन्न घर पनि बनाएँ ।

 
अमेरिकामै थिएँ । तर, सात वर्षअघि किन–किन मलाई एक्कासि नेपाल फर्किऊँ जस्तो भयो र स्वदेश फर्किएँ । नेपाल फर्केको केही समयपछि एक सातासम्म जीवन विकास विशेषज्ञ रमेश नेपाललाई सपनामा देखें । हाल चावहिल गणेशस्थाननजिकै रहेको जीवन विज्ञान पहिले मेरो घरनजिकै कात्यायनी चोकमै थियो । जीवन विज्ञानको कार्यालय भएर पहिले पनि धेरैपटक त्यो बाटो हिँडडुल गरेको थिएँ । तर, कुनै सामाजिक संस्था होला भनेर भित्र छिरेकी थिइनँ ।

 
रमेश गुरुलाई सपनामा देखेको एक सातापछि जीवन विज्ञान छिर्ने साइत जु¥यो । मैले सपनामा गुरुलाई जस्तो स्वरुपमा देखेको थिएँ– त्यहाँ गुरु त त्यही स्वरुपमा हुनुहुन्थ्यो । विपनामा त्यही स्वरुपमा देखेपछि मलाई साक्षत् भगवान् भेटेको अनुभूति भयो र जीवन विज्ञानका विभिन्न कार्यक्रमहरुमा भाग लिँदै गएँ ।

 
जीवन विज्ञानमा हुने महत्वपूर्ण साधना लयविज्ञानले मलाई बढी नै छोयो । लयविज्ञानमा बस्दा मनमा अत्यन्तै दिव्य अलौकिक अनुभूति भयो । परमात्मासँग मिलेको प्रत्यक्ष अनुभव भयो । भित्र झलझल ज्योति आएको पनि अनुभव भयो । यस्तो दिव्य अनुभव गराउने रमेश र भानु गुरुलाई परमात्माले मानवजातिको कल्याणका लागि पठाएका हुन् भन्ने पनि मनले ठहर ग¥यो ।

 
अमेरिकामा छोराछोरीसँग बसेर आएकी म शुरु–शुरुमा नेपाल बसाइमा एक्लोपनको अनुभव हुन्थ्यो । उनीहरुको एक दिन फोन नआउँदा पनि मन बेचैन हुन्थ्यो । अनेक तर्क, शंकाहरु मनमा उत्पन्न हुन्थे । तर, जीवन विज्ञान आएर साधना लिन थालेपछि नआवश्यक शंका र एक्लोपन पनि हराउँदै गयो । जीवन विज्ञान मेरो साथी बन्यो । अहिले एकदिन जीवनविज्ञान जान छुट्यो भने दिनभर खल्लो महसुस हुन्छ । जीवन विज्ञान आउनुअघि म मधुमेह र उच्च रक्तचापले ग्रस्त थिएँ । तर, सम्बोधि प्राप्त दुई गुरुहरुको निर्देशनअनुसार साधना लिँदै जाँदा रोगहरु पनि नियन्त्रणमै आए ।

 
अमेरिकामा बस्दा म हप्तामा एक दिन जसरी पनि मठमन्दिर जान्थेँ । त्यहाँ पनि हिन्दू मन्दिरहरु थुप्रै छन् । सातामा एक दिन त मन्दिर पुग्नैपथ्र्यो । विशेषगरी कृष्ण मन्दिर पुग्थेँ । तर, जीवन विज्ञान आएपछि थाहा पाएँ– ईश्वर त आफैंभित्र रहेछ । जगाउनुपर्ने रहेछ । आफँैभित्र दबिएर रहेको ईश्वरलाई जगाएर आफ्ना समाजका अरुहरुलाई पनि सुधार्न सकिन्छ ।

 
अमेरिकामा दश वर्ष बस्दा मैले के अनुभव गरेँ भने नेपालीहरु जहाँ गए पनि झगडा गर्छन् । अमेरिका पुगे पनि त्यहाँ पनि आफू–आफैंबीच नै झगडै गर्छन् । छुट्याउन पुलिस नै आउनुपर्छ । वेद र गीता लेखिएको धर्तीका हामीहरुले मानिसभित्र मानवता खोज्न सक्यौं भने झगड हुने थिएन । बुद्धिको स्तरमा मात्र कुरा गरेर केही हुँदैन, जीवन विज्ञान जस्ता संस्थामा लागियो भने मान्छेले आफूभित्र अरु देख्छ । त्यसपछि कसैले कसैको ईष्र्या, झगडा गर्दैन । त्यसैले मेरो विचारमा जीवन विज्ञान देशबाहिरसम्म पनि पुग्नुपर्छ । प्रशिक्षकहरुले देश–देशावरसम्म दिव्यज्ञान फैलाउन जरुरी छ ।

 
म वन मन्त्रालयमा काम गर्दा सरुवा बढुवा गरिदिनुस्, घूस दिन्छौं भनेर पनि मान्छे आउँथे । म त्यस्ता मान्छेहरुलाई मुखभरिको जवाफ दिएर फर्काउँथें । दुई वर्ष वनमन्त्रीको पीए नै भएर काम गरेकी थिएँ । तिनीहरुले प्रयोग गर्न नसकेपछि मलाई ज्यान मार्नेसम्मका धम्की दिन्थे । तर, कसैसँग नडराई÷नडग्मगाई विशुद्ध सेवाभावले काम गरेँ । हामीजस्ता निःस्वार्थ सेवाभावले काम गर्ने कर्मचारी धेरै कम छन् । कर्मचारी वर्गले कामचोर प्रवृत्ति र घूसखोरी छोड्न र राजनीतिज्ञले सही राजनीति गर्न पनि नेपालमा म ध्यानयोगको जरुरी देख्छु ।

 
जीवन विज्ञानबाट थाहा पाएँ, ‘मानवजीवन ईश्वरले रचेको सबैभन्दा श्रेष्ठ जीवन रहेछ । यो अति दुर्लभ पनि छ । अरुलाई रुवाएर, बद्नियतपूर्ण ढंगले अर्थ संकलन गर्न हुँदैन । सही कर्मबाटै अर्थ संकलन गर्न सकिन्छ ।’

 
हामीले राष्ट्रविकास गर्नु छ, त्यसका लागि पहिले आफू विकसित हुनुप¥यो । ध्यानयोगले आप्mनो विकास हुन्छ, त्यसपछि आफ्नो समाज विकास गर्नुपर्छ र अनि राष्ट्रको विकास गर्नुपर्छ । रोगी मन लिएर व्यक्तिले न आफू, न समाज न राष्ट्र कसैको पनि भलाइ गर्न सक्दैन । त्यसैले रोग निवारणका लागि व्यक्तिले पहिले आफू ध्यानबाट शुद्ध हुन जरुरी छ ।

 
दुर्लभ मानव जीवनको महत्वलाई नचिनेर मानिसहरु कुलतमा लागेका छन्, आत्महत्यासमेत गरेका खबरहरु दैनिक आइरहन्छन् । तर मानवजीवन दुर्लभ छ । मानिसको जुनी पाउन भगवान्हरु पनि लालायित हुन्छन् । यस्तो श्रेष्ठ जुनीलाई चिनेर ध्यान–योग गरौं । गुरुहरुकोमा जाऔं, परामर्श लिऔं, उहाँहरुको निर्देशनअनुसार साधनाबाट ऊर्जा लिऔं र मानव जीवनलाई सार्थक बनाऔं ।

 
महिलाले पनि कसैसँग हेपिएर, दबिएर बस्नुपर्दैन । मलाई कसैले आइमाई भनेर हेपेको र नचाहिँदो कुरा गरेको सहन सक्दिनँ । साधनाबाट समभाव हुन बाँकी नै भएर होला । समभाव भए त अरुले गाली दिए पनि ताली दिए पनि एकै स्वरुपको हुन्थेँ होला । साधनाको विद्यार्थी नै छु, स्थितप्रज्ञ हुन बाँकी नै छु । 
(विमला पोखरेल भट्टराईसँगको कुराकानीमा आधारित)

ताजा खबर