शरद र निशा प्रणय सूत्रमा वाँधिदै

२०७४ असार १४ बुधबार १२:५४:०० मा प्रकाशित

काठमाडौं, १४ असार । दुइ फरक विधाका चर्चित प्रतिभाले एकअर्कालाई मन पराएर सँगै जीवन विताउने सूर कसेका छन् । खेलकूद र सिनेमा जस्ता बेग्लै प्रकृतिका क्षेत्रमा ख्याती कमाएका शरद भेषवाकर र निशा अधिकारीले केही वर्षको  प्रेम सम्बन्धलाई औपचारिकता दिने भएका छन् । 


नेपाली राष्ट्रिय क्रिकेट टोलीका चर्चित ब्याट्सम्यान शरद भेष्वाकर र अभिनेत्री निशा अधिकारीले पर्सि असार १६ मा विवाह बन्धनमा बाँधिने कार्यक्रम तय गरेका छन् । 


केही वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच ब्रेकअपको हल्ला समेत चलेको भएपनि अब त्यो असत्य साबित भएको छ । गत वर्ष निशा अभिनित ‘जय परशुराम’ रिलिज ताका शरदसँग ब्रेकअप भएको हल्ला चलेको थियो । त्यो हल्लापछि यो जोडी पहिलो पटक चितवनमा एकसाथ प्रकट भएको थियो । 
 
 

ताजा खबर