प्रयोगकर्ताका इमेल निगरानी नगर्ने घोषणा

२०७४ असार १४ बुधबार १२:३०:०० मा प्रकाशित

काठमाडौं, १४ असार । प्रयोगकर्ताका इमेलमा निगरानी नगर्ने गुगलले घोषणा गरेको छ । गुगलले प्रयोगकर्ताको इमेल तथा सर्च हिस्ट्रीलाई विज्ञापनका लागि प्रयोग गरेको भन्दै विश्वभर नै गुगलको आलोचना हुने गरेको थियो । यसले प्रयोगकर्ताको गोपनियतामाथि हमला गरेको बताइँदै आएको थियो ।

सन् २००४ देखि चलिरहेको यस अभ्यास अन्तरगत गुगलले प्रयोगकर्ताको रुची तथा क्षेत्र अनुसारको विज्ञापन देखाउनका लागि उनीहरुको गुगल अकाउन्टमा नजर राख्ने गरेको छ । गुगलका हाल एक अर्ब २० करोड प्रयोगकर्ता रहेका छन् । गुगलका अनुसार सशुल्क जिमेल अकाउन्ट प्रयोग गर्ने प्रयोगकर्ताहरुको इमेल अकाउन्ट अहिलेपनि स्क्यान गर्ने गरिएको छैन । 

सशुल्क गुगल अकाउन्ट विज्ञापन मुक्त हुनेछन् भने अन्य अकाउन्टका लागि कुन विज्ञापन देखाउने भन्ने बारेमा अन्य सफ्टवेयरले निर्धारण गर्नेछन् । एजेन्सी

ताजा खबर