बलिउड कलाकार इरफान खान दुर्लभ रोगले पीडित

२०७४ फाल्गुण २३ बुधबार १४:०९:०० मा प्रकाशित

मुम्बई । बलिउड कालाकार इरफान खानले आफूलाई दुर्लभ रोग लागेको बताएका छन्। उनले रोग निश्चय भएपछि केही दिनभित्रै त्यसलाई सार्वजनिक गर्ने बताएका छन्। सोमबार ट्विट गर्दै उनले आफ्नो पछिल्लो अवस्थाको बारेमा प्रशंसकहरुलाई अन्दाज नगर्न आग्रह पनि गरेका छन्।

उनले आफनो ट्विटमा लेखेका छन् कि ‘यो १५ दिन मेरो जीवन रहस्यको कथाले घेरियो। थोरै मात्रै मलाई अवगत भएको छ कि रहस्यको कथा खोज्ने क्रममा मैले दुर्लभ रोग प्राप्त गरेको छु।’ रहस्यको कथा खोज्ने क्रममा  मैले दुर्लभ रोग फेला पार्नेछु भन्ने मलाई थाहा थियो। मैले कहिल्यै हार खाएको छैन र आफ्नो इच्छा निम्ति सँधै लडेको छु र लडिरहने छु। यसबेला मेरा साथी र आफन्त मेरो साथमा छन्।

५१ वर्षीय अभिनेता खानले १ सय भन्दा बढि हिन्दी तथा अंग्रेजी भाषाका चलचित्रमा अभिनय गरेका छन्। उनका पिकु, मकबुल, हासिल, पान सिंह तोमर चर्चित चलचित्रहरु हुन भने  लाइफ अफ पाई, स्लमडग मिलिनियर, द अमेजिङ स्पाइडर म्यान, द नेमसेकजस्ता अंग्रेजी भाषाका चलचित्रहरुमा पनि उनले अभिनय गरेका छन् । 

सन् २०१३ मा लन्डन फिल्म फेस्टिबलमा छानिने उनी एक मात्र भारतीय कलाकार थिए भने उनले अभिनय गरेको चलचित्र ‘ब्ल्याकमेल’ प्रदर्शनको तयारीमा छ।  

 

ताजा खबर