विकास वोर्डले १२ फिल्मलार्इ डिजिटल बनाउने

२०७४ फाल्गुण २३ बुधबार १३:५२:०० मा प्रकाशित

काठमाडौ, २३ फागुन । चलचित्र विकास बोर्डले पूराना नेपाली चलचित्रको संरक्षण गर्ने भएको छ । यसका लागि बोर्डले  पुराना चलचित्रको डिजिटाइजेशन तथा ‘रि–स्टोर’ गर्ने भएको छ ।

डिजिटाइजेशन भनेको पूराना रिल प्रविधिबाट बनेका चलचित्रलाई नयाँ डिजिटल प्रविधिमा रूपान्तर गरी संरक्षण गर्ने विधि हो ।

बोर्डले पहिला  ‘आमा’ सहित १२ वटा चलचित्र  ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दूर’, ‘परालको आगो’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजो आज भोलि’, ‘विश्वास’ र ‘शान्तिदीप’जस्ता फिल्मलार्इ डिजिटाइजेसनमा लगिने  बोर्ड  अध्यक्ष निकिता पौडेलेले बताइन् । डिजिटाईजेशन भएपछि सबै १६ एम एम र ३५ एम एम का चलचित्रहरु अब २ के. र ४ के. फर्म्याटमा ल्याउन सकिनेछ । यसरी पुराना फिल्मलार्इ डिजिटाइजेसन गरी एक सातासम्म प्रदर्शन गरिने पनि अध्यक्ष पौडेलले  जानकारी दिइन । 

ताजा खबर