यसरी चल्दैछ ओली नेपालबीच ‘लभ अफयेर’

२०७४ फाल्गुण २३ बुधबार १२:३५:०० मा प्रकाशित

 मंगलबार बालुवटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो  जन्म दिन मनाउलान् भन्ने माधवकुमार नेपाललाई थाहा थिएन। मंगलबार सवा चार बजे  ह्यापी बर्थ डे लेखिएको केक  नेपालको अगाडि आँउदा नेपाललाई बल्ल यो कुरा थाहा भयो। नेपालका लागि यो ओलीको एउटा अर्को सरप्राईज थियो।

पार्टी राजनीतिम नेपाल ओली सम्बन्ध धेरै  समय संगै र थोरै समय फरक कित्तामा बित्यो। धेरै समय पाटी भित्र पनि एउटा गुटमानै रहेर बित्यो। तर पार्टीका आठौ महाधिवेशन पछि त्यसमा केहि तिक्तता थपियो।

आठौ महाधिवेशनमा ओली , नेपाल र  झलनाथ खनाल अध्यक्षका दावेदार थिए।  पछिल्लो समयमा आएर नेपालले उम्मेदवारी फिर्ता लिए पछि खनाल र ओली चुनाव लडे। 

त्यसबेला भरखरै शशस्त्र बिद्रोहबाट शान्ति प्रक्रियामा आएको माओवादीलाई  नजिक ठान्ने र टाढा ठान्नेहरुको एमालेमा गुट थियो। नजिक ठान्नेको नेतृत्व गर्थे खनाल र टाढा ठान्नेको नेतृत्व गर्थे ओली । त्यो बेलाको एमालेको महाधिवेशनमा देश नै दुई कित्तामा थियो।  एउटा खनालको पक्षमा र अर्को ओलीको पक्षमा । खनालको पक्षमा माओवादी थियो भने ओलीको पक्षमा कांग्रेस। तर चुनावमा खनाल जिते ओली हारे। उम्मेदवारी फिर्ता लिएका नेपालले राम्रो सहयोग नगरेर हारेको भनेर ओली पक्षले ओठ दोबारेको थियो।  

महाधिवेशन पछिक केहि दिन ओली नेपालबीच ङार्रर ङुरर्र भएपनि पछिल्ला दिनमा उनीहरु एकै समूहमा  जम्मा भए। त्यसबेला संस्थापन  बन्यो खनाल पक्ष।  नेपाल र ओली संगै रहे। 

एमालेका नवौ महाधिवेशन आएपछि  नेपाल र ओली फेरि प्रतिस्पर्धी देखिए। यी दुईले अध्यक्षमा चुनाव लडे ओली जिते नेपाल हारे। त्यसपछि देखियो ओली नेपालबीचको तिक्तता ।

तर राजनीतिमा स्थायी मित्र र स्थायी शत्रु हुदैनन्। अहिले पछिल्लो चरणमा फेरि ओली नेपालबीच ‘लभ अफयेर ’शुरु भएको देखिन्छ। बालुवाटारको मंगलबारको यो सरप्राईज  नेपालका लागि ‘भ्यालेन्टाईन’ डे सरह भएको छ। कमलो मन भएकाका लागि पग्लन कति पनि समय लाग्र्दैन भन्ने पुष्टिनै भएको छ। 

ओली बालुवाटार वा बाल्कोट जहाँं  बस्दा पनि  यस भन्दा अघि नेपालको जन्म दिन नआएको होइन। तर यो पल्ट बिशेष गरी आयो। किन कि बालुवटारमा काटिएको त्यो केक मात्र होइन, काटिएको तिक्तता पनि हो। केक जसरी गुलियो थियो, त्यसको सन्देश पनि त्यति नै गुलियो देखियो। ओली नेपालबीच गोप्य प्रेम’ यस भन्दा अगाडि देखि नै शंकामा थियो। चुनावमा टिकट बाँंडदा होस, समानुपाितक  सांसद छान्दा होस नेपाल नरम थिए।   आफ्ना मान्छेलाई अन्याय भयो भने बैठक छोडौलौ झै गर्ने नेपाल पछिल्ला दिनमा औपचारिकताका लागि मात्र बिरोधमा थिए। यसैकरण तीन तहको चुनावमा नेपाल पक्षका धेरै मानिस राजनीतिमा ‘शहीद भए’। 

बलुवाटारमा त्यो केक काटिन्छ भन्ने संकेत सोमबार नै देखिएको थियो। प्रतिनिधिसभाको त्यस दिनको पहिलो बैठकमा राष्ट्रिय पार्टीका शीर्ष नेताले बोल्ने सहमति भएको थियो। बरियतामा नेपाल तेस्रो हुन्। प्रधानमन्त्री ओली प्रधानमन्त्री भएका कारण  अरु वक्ता तय गर्नुपर्ने थियो। बरियताक्रम अनुसार झलनाथ खनालले त्यो मौका पाउनु पथ्र्यो। तर ओली नेपाल प्रेमका अगाडि केहि लाग्नेवाला थिएन। खनाललाई पछि पार्दै नेपालले पाए त्यो मौका। 

ओली खनाल गोप्य प्रेमको अर्को संकेत  थियो सोमबार  संसदमा नेपालको भाषण। यस भन्दा अगाडि ओली नेतृत्वको सरकार विरुद्ध संसदमा अविश्वासको प्रस्ताव आउदा बोलेका कुरामा आलोचना पाएका नेपालले सोमबार भने सबै तिरबाट तारिफ  पाए।उनले मुलुकमा ओली नेतृत्वको सरकारले काम गर्ने उद्घोष गरेका थिए। 

नेपाल ओली नजिक भएपछि त्यसभित्र पनि अनेक तरंग देखिएका छन्।  महासचिव ईश्वर पोखरेलको कुनै बचन नकाट्ने ओली मन्त्री बनाउदा पोखरेलको कुरा त्यति सुनेको समेत देखिएन। ओली संग नेपाल नजिक भएपछि पार्टीका अर्का बरिष्ठ नेता झलनाथ खनालको त गणना नै हुन छोडेको छ।अहिलेका सबै गतिविधि हेर्दा पोखरेलको ठाँंउ विस्तारै प्रदिप ज्ञावलीले लिने संकेत देखा पर्दैछ। 

ताजा खबर