काठमाडौंमा स्मार्ट शौचालय निर्माण गरिदैं 

२०७४ असार १४ बुधबार ११:५९:०० मा प्रकाशित

काठमाडौं, १४ असार । काठमाडौं महानगरपालिकाले एक सयभन्दा बढी स्मार्ट सार्वजनिक शौचालय निर्माणको तयारी गरेको छ । राजधानीका मुख्य चोक र बजार क्षेत्रमा लक्षित गरी १ सयभन्दा बढी स्मार्ट शौचायल निर्माणको योजना बनाइएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले काठमाडौंमा भएका सार्वजनिक शौचालयहरुको ब्यवस्थापन गर्दै थप शौचालयहरु बनाउन तयारी थालिएको बताए ।

यसवर्ष नाउने भनिएको ४० भन्दा बढी शौचालयसहित झण्डै १ सय ४० शौचालय अर्को आर्थिक वर्षभित्र बनेर सञ्चाचलनमा आइसक्ने उनको भनाइ छ । महानगर क्षेत्रभित्र थोत्रा गाडीमा निजी क्षेत्रले अब्यवस्थित रुपमा राखेका घुम्ति शौचालय हटाइसकेकाले अब स्मार्ट किसिमका साना शौचालयहरु निर्माण गर्ने उनको भनाइ छ ।

यसका लागि स्थानहरु पहिचान भइरहेको र निर्माण गर्ने ठाउँको समस्या नहुने कार्यकारी अधिकृत पौडेलले बताए । उनले विद्यामान सार्वजनिक शौचालयलाई सफा र ब्यवस्थित गरेर सञ्चालन गर्न पनि महानगरपालिकाले योजना बनाएर काम गर्ने बताए । अब बन्ने शौचालयहरु साना भएपनि वैज्ञानिक किसिमका हुने महानगरपालिकाले जनाएको छ । मुख्य बजार क्षेत्रमा थुपै्र यस्ता शौचालय तयार गरेर सञ्चालन गरिने भएकाले समस्या नहुने दावी पौडेलको छ ।

काठमाडौंमा पर्याप्त सार्वजनिक शौचालय नहुँदा ४६ सय सर्वसाधारणलाई एउटा शौचालयमा भागमा आउने अनुमान छ । पर्याप्त सार्वजनिक शौचालय नहुँदा कठमाडौंमा बाहिरबाट आउने सर्वसाधारण सबैभन्दा बढी पीडित छन् । सरकारले गरेको पछिल्लो अध्ययनले काठमाडौंका सार्वजनिक शौचालयहरुको समग्र अवस्था निकै कमजार र अब्यवस्थित छ । खानेपानी तथा सरसफाई मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार ९४ प्रशित सार्वजनिक शौचालय प्रयोग गर्न अयोग्य किसिमका छन् । किनभने ६ प्रतिशत मात्रै शौचालय नियमित रुपमा सफाइ गरिन्छन् ।

३७ प्रतिशत शौचालयहरु असुरक्षित मानिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । ७ प्रतिशत शौचालयको ढोकामा चुक्कुल नै छैनन् । सार्वजनिक शौचालयमा आवश्यक पानीको ब्यवस्था पनि राम्रा छैनन् । ४१ प्रतिशत शौचालयमा आवश्यक पानी उपलब्ध छ । ५८ प्रतिशत शौचालयमा शौचपछि पानी हाल्न जग नै राखिएका छैनन् भने २२ प्रतिशतमा बाल्टी नै राखिएका छैनन् ।

झण्डै ५० प्रतिशतमा मात्रै हात धुने सावुन राखिएको छ भने ५० प्रतिशतमा साबुन नै छैनन् ।  उपलब्ध झण्डै ८० प्रतिशत शौचालयहरु महिला र पुरुषका लागि छुट्टाएर बनाइएको छ । झण्डै २० प्रतिशत शौचालयमा महिला र पुरुष साझा शौचालय नै प्रयोग गर्न बाध्य छन् ।

ताजा खबर