आठ महिनामा २९ पर्यटक 

२०७४ फाल्गुण २२ मंगलबार १३:४६:०० मा प्रकाशित

बाजुरा, २२ फागुन । खप्तड राष्ट्रिय निकुञ्जमा यस वर्ष पर्यटक न्यून मात्रामा भित्रिएको पाइएको छ । चालु आवको हालसम्म २९ विदेशी पर्यटक भित्रिएको खप्तड राष्ट्रिय निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए । निकुञ्जमा बाह्य पर्यटक भन्दा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । 

खप्तडमा बाजुरा, अछाम, डोटी र बझाङका आन्तरिक पर्यटक बढी अवलोकन तथा भ्रमणमा आउने गरेका निकुञ्जले जनाएको छ । निकुञ्जको भ्रमण गर्न आउने पर्यटकबाट चालु आको सात महिनामा रु दुई लाखभन्दा बढी राजश्व संकलन भएको छ । आन्तरिक पर्यटकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । । बाह्य पर्यटकबाट प्रतिव्यक्ति रु तीन हजार ३९० का दरले भ्रमण शुल्क लिने गरिएको छ ।

खप्तड निकुञ्ज क्षेत्रभित्र धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्रका साथै जनावर समेत हेर्न सकिन्छ । यहाँ त्रिवेणी धाम, नागढुङ्गा, खप्तड स्वामीको आश्रम, २२ पाटन लगायत क्षेत्रको भ्रमण गरी मनोरञ्जन लिन सकिन्छ । निकुञ्जको संरक्षणका लागि चारवटा ठाउँमा इलाका कार्यालय रहेको छ । 

खप्तड क्षेत्रमा जेठमा दशहरा मेला तथा जनै पूर्णिमाका दिन भव्य जात्रा लाग्छ । जात्रा हेर्नका लागि पर्यटकको घुइँचो लाग्छ । रासस

ताजा खबर