सनी लियोनीले पाइन् जुम्ल्याहा बच्चा

२०७४ फाल्गुण २२ मंगलबार १३:२९:०० मा प्रकाशित

मुम्बई । पोर्न फिल्मबाट चर्चामा आएकी अभिनेत्री  सनी लियोनी अहिले  बलिउडमा पनि उत्तिकै चर्चामा छिन् ।  उनी अहिले चर्चामा आउनुको कारण भने जुम्ल्याहा बच्चाको आमा बनेको खबरले हो ।

गत वर्ष सनीले एक बच्चाको पालनपोषणको जिम्मा लिएकी थिइन्। तर अहिले उनले आफनो फेसबुकमा एउटा चर्चाको फोटो अपलोड गरेकी छन्। जसमा उनी र उनको श्रीमान ड्यानियल वेभरले पालेको बच्चाका  साथमा अरु दुई  बच्चा पनि देखिएका छन् ।

सनीले उक्त फोटो अपलोड गर्दै  ‘यो हामीलाई भगवानको कृपा हो, २१ जुन २०१७ को दिन  जब मलाई र मेरो श्रीमानलाई यो अनुमान भइसकेको थियो कि केही दिनमा नै हाम्रा तीन बच्चा हुनेछन्।’ त्यसपछि हामीले परिवार बढाउने योजना गर्यौं र धेरै वर्ष पछि अशर सिंह वेबर, नोहा सिंह वेबर र  निशा कौर वेबरको साथमा आज हाम्रो परिवार पूरा  भएको छ  । उनले भनेकी छिन् कि  ‘हाम्रा बच्चाको जन्म केही दिन पहिले भएको हो तर हाम्रो मनमा यो योजना पहिलेदेखि नै थियो। हामी अब तीन सुन्दर बच्चाका आमा बुवा बनेका छौं । यो हामी दुबैको लागि गर्वको कुरा हो । 

सन्नीलाई सामाजिक सञ्जालमा  के यी बच्चा उनले नै  जन्म दिएकी हुन भनेर केहीले सोधेका पनि थिए । यसको  जवाफमा सन्नीले ‘कुनै कुराको भ्रम नरहोस्।  अशर र नोहा हाम्रा बायोलोजिकल बच्चा हुन्। हामीले केही वर्ष पहिले बच्चाको चाहना पुरा गर्न सरोगेसी विकल्प चुनेको थियौं। हामी निकै खुशी छौं’ भनेर भनेकी थिइन  । एजेन्सीको सहयोगमा 

ताजा खबर