द्वन्द्व निर्देशक राजेन्द्र खड्गी जेल चलान

२०७४ फाल्गुण २० आइतबार १६:४३:०० मा प्रकाशित

काठमाडौं, २० फागुन । मानव बेचबिखनमा मुद्दा चलिरहेका द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई जेल चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश तेजनारायण पौडेलको इजलासले शुक्रबार खड्गीलाई पूर्पक्षका लागि जेल चलान गर्न आदेश दिएका थियो।

खड्गीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो। खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको खुलेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो।


उनलाई सुन्धारा केन्द्रीय कारागरमा राखिएको छ।
 

ताजा खबर