इन्द्रसरोवरको काब्य यात्राः झलनाथ खनाल बने कवि

२०७४ फाल्गुण २० आइतबार १४:३६:०० मा प्रकाशित

काठमाडौं, २० फागुन ।  राजधानी र मोफसलका मुख्य शहरमा कविता वाचन तथा कवि गोष्ठी त  सुनिएकै हो तर मकवानपुर जिल्लाको मार्खुमा कविताको कार्यक्रम काब्य उत्सव सम्पन्न भएको छ । पर्यटनका लागी साहित्य नारा सहित नेपालकै मानव निर्मीत सबैभन्दा ठूलो ताल इन्द्रसरोवरमा ‘इन्द्रसरोवर काव्य उत्सव २०७४’ सम्पन्न भएको छ । 
पर्यटनका लागि साहित्य’ नाम दिइएको कार्यक्रमका लागि स्रष्टाहरू गत शुक्रबार दिउँसो ताल किनारमा पुगेका थिए । पूर्व प्रधानमन्त्री झलनाथ खनालले आफ्नो कविताकृति ‘शताब्दीको पहिलो बिहान’ बाट कविता सुनाउँदै काव्ययात्रा उद्घाटन गरेपछि तालको मध्यभागमा कविहरूले कविता सुनाएका थिए । एमालेका बरिष्ठ नेता झलनाथ खनाल यसपटक कवि बनेका थिए। 
कार्यक्रममा बोल्दै खनालले नेपालमा यस्तो प्रकारको कार्यक्रम  पहिलो पटक भएको भन्दै आफूले कविता र प्रकृतिलाई एकैपटक अनुभुति गर्न पाएको बताए । कार्यक्रममा ३२ जना कविले एक एक कविता वाचन गरेका थिए । 
चार चरणमा गरिएको कार्यक्रममा सुरुवात विद्यालय स्तरको कविता प्रतियोगीता उत्कृष्ट चार स्थानिय कवि शुशिला वाइवा, अनिता लामा, मिरुता कार्की नगद रु चार हजार सहित सम्मान पत्र पाएका थिए ।  
अनिता न्यौपाने, अप्सरा तिम्सिना, असीम सागर, ईश्वर कँडेल, उषा शेरचन,  छवि अनित्य, जोतारे धाइवा, ज्योति जङ्गल, नवराज पराजुली, नवीन प्यासी,  निमेष निखिल, प्रकाश रम्घाली, प्रतिमा पाठक, प्रोल्लास सिन्धुलीय, फूलमान बल  बिना थिङ तामाङ, बाबु त्रिपाठी, बिर्खे अन्जान, भूपिन, मनु मन्जिल, रन्जना निरौला, रमेश क्षितिज, राजेन्द्र पराजुली, राम अविकास रावत, विप्लव ढकाल सङ्गीत श्रोता, सुदेश सत्याल, सुवास खनाल, सौरभ कार्की, हेम प्रभास, हेमन यात्री लगाएतका स्थानीय कवि रश्मी लामा, श्याम लामाले समेतले कविता सुनाएका थिए । 

ताजा खबर