भान्छाबारे भ्रम चिर्ने पुस्तक 

२०७४ असार १४ बुधबार ०७:४९:०० मा प्रकाशित

काठमाडौं, १४ असार । पब्लिकेशन्स नेपालयले स्वास्थ्य सरोकारका विषयमा केन्द्रित नयाँ पुस्तक ‘खाना खानुभयो ? हाम्रा भान्छाबारे बजारका भ्रम’ पाठक सामू ल्याउँदैछ।

जनस्वास्थ्यका क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी चिकित्सक एवं लेखिका अरुणा उप्रेती र लेखक लक्ष्मण अधिकारीको संयुक्त प्रयासमा तयार भएको यो पुस्तक आगामी असार १८ गते सार्वजनिक हुँदैछ । पुस्तक हाम्रो भान्छाबारे बजारले सिर्जना गरेको भ्रममाथि केन्द्रित रहेको प्रकाशक नेपालयले जनाएको छ।

परम्परागत खानपिन बेवास्ता गरेर बजारी खानामा बढेको आकर्षणले बालबालिकाको स्वास्थ्यमा भएको खेलबाडका कारण जनचेतनाका लागि यो पुस्तक लेखेको लेखक डा. उप्रेती बताउँछिन्। ‘खाना खानुभयो ?’ पुस्तकले बजारमा पाइने चिसो, शक्तिबर्धक पेयपदार्थ तथा जंक खानेकुराबारे विज्ञापनले फैलाएको भ्रम चिर्ने प्रयास गरेको लेखक लक्ष्मण अधिकारीको भनाइ छ।

हाम्रै वरपर पाइने उपयोगी सामग्रीको फाइदा नबुझेर उपभोक्ता कसरी ठगिँदै छन् भन्ने जानकारी पाएपछि यस्ता पुस्तकबारे चासो बढेको पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केको भनाइ छ।

ताजा खबर