देउवालाई हराएर देखाउन चुनौति

२०७४ फाल्गुण १६ बुधबार ११:३८:०० मा प्रकाशित

आज देउवा विरुद्ध निन्दा र घृणा अभियान चलाउनेहरू हिजो किसुनजी विरुद्ध त्यसरी नै लागेका थिए ।

हो शेरबहादुर देउवाले कुनै आशा र भर जगाउन सकेका छैनन् । उनले गल्ती नगरेका पनि होइनन् !  तर शेरबहादुर देउवाको गल्तीको लाभ र अवशर सकेसम्म लुट्ने,गल्तीपछि गल्तीको लागि उकास्ने तर त्यसको जिम्मेवारी नलिने कायरता नै काङ्ग्रेसको आजको नियति बन्न पुगेको देखिन्छ ।
अर्को कुरा, लाभ – हानीको सवालमा कोही यता – उता भएका होलान् तर आज देउवा विरुद्ध अभियान चलाउनेहरू हिजो किसुनजी विरुद्ध त्यसरी नै लागेका थिए ।

प्रकृति र प्रवृत्ति त्यही हो ।

उनीहरू २०४८ देखि २०५६ सम्म किसुनजी विरुद्ध एकोहोरो खनिएको खनियै गरे !

किसुनजीका गल्ती र अभावहरूको फलाको हालिरहे तर किसुनजीका योगदान र उपलव्धिबारे कहिल्यै बोलेनन् ! आज देउवा त्यही नियति भोगिरहेका छन् !

देउवा कसैको भाइ, छोरा, भतिजाको लाभ, सुविधा र अवसरको धोक्रो बोकेर राजनीतिमा आएका होइनन । आफ्नै सङ्घर्ष, त्याग र बलिदानको पूँजीले आजको ठाउँमा आइपुगेका हुन् !  उनी पार्टी सभापति हुन् र उनले आफैंले संसदीय दलको नेतृत्व गर्ने रुचि देखाउँछन् भने आउन पाउँछन् ।

त्यसै पनि यो अवस्थामा आइपुगेको काङ्ग्रेसको सभापतिको तेजोवध गर्ने प्रयाश पार्टी हितमा हुँदैन ! हुती हुनेले आगामी काङ्ग्रेस अधिवेसनमा देउवाको विकल्प दिउन् ! उनलाई पराजित गरुन् !

काङ्ग्रेसको आगामी अधिवेशन पछि नै मुलुकमा अर्को स्थानीय देखि राष्ट्रिय तह सम्मको निर्वाचन आउने भएकोले त्यतिखेर हुती देखाए हुन्छ !
तर अहिलेनै अनेकौं अत्तो थापेर र फत्तुर लगाएर देउवा विरोधको नाउमा काङ्ग्रेसको आन्तरिक जीवनलाई अस्तव्यस्त पारेर काङ्ग्रेसलाई अर्को महाधिवेशन पनि गर्न नसक्ने हैसियतमा नपुर्याउन् ! (नेपाल शिक्षक युनियनका पूर्व अध्यक्ष भट्टराईको फेसबूकवालबाट साभार)

ताजा खबर