सांसद मोहनले खुशी बनाए आफ्ना मतदाता

रसुवा,१६ फागुन । स्थानीय कालिका गाउँपालिका अन्तरगत चित्रेपानी गाउँका बासिन्दा यतिबेला खुशीले गद्गद् छन्। रसुवाबाट निर्वाचित साँसद मोहन आचार्यले आफ्नो व्यक्तिगत लगानीमा चित्रेपानी गाउँमा बाटो पुर्याएपछि चित्रेपानीबासिको मुहारमा खुशी आएको हो।
बर्षौदेखि बाटोको पर्खाईमा रहेका चित्रेपानी बासिहरुको आफ्नै घर अगाडी मोटर गुडेको हेर्ने चाहना सांसद मोहन आचार्यको विजयसँगै पुरा भएको छ।
सांसद आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियानको शुभारम्भ माघ २७ गते स्काभेटर र डोजर जिल्लालाई उपलव्ध गराएर शुरु गरेका थिए ।
सो अभियानबाट लाभान्वित हुने चित्रेपानीबासी पहिलो भाग्यमानी बन्न पुगेका छन्।
सो अभियान अन्तर्गत पहिलो चरणमा रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाट चित्रेपानी सम्मको करिव ४ किलोमिटर ग्रामिण सडक निर्माण सम्पन्न भएको छ। रसुवा जिल्लाको सबै गाउँमा ग्रामिण सडक सञ्जाल पुर्याउन सासंद आचार्यले व्यक्तिगत लगानी १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको स्काभेटर र डोजर जिल्लालाई उपलव्ध गरेका थिए ।
रसुवा जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।
घर अगाडी मोटर बाटो आईपुग्दा भुकम्पबाट पिडीतहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानियबासीको भनाई छ। यसले पुनर्निर्माणमा संलग्न जनताहरुको ढुवानी लागत आघा घटाएको उनीहरुले बताए।
अब दोश्रो चरणमा पासाङलामु राजमार्गको पराङक्षे बाट पात्ले जोड्ने सडक खन्ने काम शुरु हुने छ। यो सडकको लम्बाई करिब २ किलोमिटर छ।