कम्प्युटरमा र्‍यानसमवेयर साइबर आक्रमण

२०७४ असार १४ बुधबार ०६:२०:०० मा प्रकाशित

काठमाडौैं, १४ असार । विश्वभरका ठूला कम्पनीका कम्प्युटरमा साइबर आक्रमण भएको छ । र्‍यानसमवेयर साइबर आक्रमणका कारण विश्वभरका कम्पनी प्रभावित भएको एक अध्यनले देखाएको छ ।   । र्‍यानसमवेयर साइबर आक्रमणका कारण कम्पनीका आइटी प्रणाली प्रभावित भएका छन् ।

साइबर आक्रमणको स्रोत अहिलेसम्म खुलेको छैन । तर निश्चित मात्रामा पैसाको माग गर्दै विश्वका विभिन्न कम्पनीको कम्प्युटरमा भाइरस आक्रमण भएको हो । यो साइबर आक्रमणको पहिलो शिकार युक्रेनको राष्ट्रिय विद्युत कम्पनी तथा किएभमा रहेको मुख्य विमानस्थलसहितका अरु युक्रेनी कम्पनीका कम्प्युटर बनेका थिए । अहिलेसम्म झण्डै दुई हाजरको हारहारीमा आक्रमण भएको र त्यसबाट प्रभावित हुनेमा युक्रेन, रुस, पोल्याण्ड, बेलायतसहितका देशका कम्प्युटर रहेको रुसको एन्टी भाइरस कम्पनी कस्पर्सकी ल्याबले जनाएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले यो विषयमा सुक्षम निगरानी गरिरहेको बताएको छ । गएको महिना पनि विश्वभरका कम्प्युटरमा ठूलो स्तरको साइबार आक्रमण भएको थियो । त्यही आक्रमणका बेला जुन कमजारीको फाइदा आक्रमणकारीले लिएका थिए अहिले पनि त्यही कमजारीको फाइदा उनीहरुले उठाएको विशेषज्ञले बताएका छन् ।  एजेन्सी

ताजा खबर